७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार



राजनारायण पाठक
राजनारायण पाठक

भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गर्ने भएको छ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेसहित अन्य आयुक्त र बरिष्ठ कर्मचारी सम्मिलित बैठकले पाठकविरूद्ध अनुसन्धान प्रक्रिया अघि बढाउने बिषयमा आईतबार दिनभर बैठकपछि बैठक बसेकाे थियो।  टंगालस्थित कार्यालयमा  मध्यान्हदेखि भइरहेको बृहत् छलफलमा आयुक्तहरु डा.गणेशराज जोशी, डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने तथा बरिष्ठ कर्मचारी सहभागी थिए।

‘भ्रष्टाचार नियन्त्रण गर्ने अंगको जिम्मेवार पदमा बसेर आर्थिक अनियमितता गर्ने पाठकविरुद्ध छानबीन प्रक्रिया अघि बढाउने बिषयमा छलफल भएको छ’, आयोग स्रोतले नेपालखबरसँग भन्यो, ‘आयुक्तको रुपमा रहँदा उनले गरेका कार्यसम्पादनदेखि आयाेगकाे जानकारीमा रहेका अन्य बिषयले छलफलमा प्रवेश पाए।’

बैठकमा पाठक उपर कसरी कारवाही अघि बढाउनेदेखि मुद्दा अदालतमा लैजादा आवश्यक कानूनी आधारका बिषयमा छलफल भएकाे हाे। मुद्दा लिएर अदालत पुग्दा आयाेग स्पष्ट हुनुपर्नेमा धैरेकाे जाेड थियाे। 

‘कारवाही अघि बढाउने विषयमा दुइमत रहेन', आयाेग स्राेतले भन्याे ,‘टिप्पणी नै उठाएर अनुसन्धानकाे आदेश साेमबार  बिहान हुनसक्छ।‘

प्रमुख आयुक्त घिमिरेले सामुहिक बैठकपछि पनि प्रहरी महाशाखादेखि सम्बन्धित महाशाखा प्रमुखहरूसँग पाठककै बिषयमा छलफल गरेका  थिए।

यता प्रहरी महाशाखाका अधिकारी कतिबेला पाठकलाइ पक्राउ गर्ने आदेश आउने हाे भन्दै दिनभर प्रतिक्षामा बसेका थिए। पाठक आयाेगकै निगरानीमा रहेका कारण कारवाहीकाे निर्णयसँगै उनलाइ पक्रने कि कारवाहीकाे दायरामा ल्याएर थप प्रक्रिया अघि बढाउने बिषयमा समेत परामर्श लिने काम भएकाे छ। 

चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादबारे आयोगमा परेको उजुरीमा पाठकले ७८ लाख रुपैयाँ घूस लिएको समाचार सबैभन्दा पहिला १ फागुनमा नेपालखबरले सार्वजनिक गरेको थियो। घुस लिएको स्वीकार गरेको भिडियो समेत शुक्रबार सार्वजनिक भएको थियो। सोही दिन उनले पदबाट राजीनामा दिएका थिए।

राजीनामा दिए पनि घुस लिएको विषयमा उनीमाथि छानबिन हुनेपर्ने चाैतर्फी माग भइरहेको छ।

यो प्रकरणका थप सामग्री

१. (एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

२. स्टिङ अपरेसन भिडियोकाे पूर्ण पाठ: मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ

३. पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

४. अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

५. अख्तियार आयुक्त पाठकले ७८ लाख घुस लिएको खुलासा

६. ‘राजीनामाबाटै पाठकलाई उन्मुक्ति दिए संसदीय व्यवस्थाकै मजाक हुनेछ’

७. ७८ लाख घूस लिएका अख्तियार आयुक्त पाठकको राजीनामा स्वीकृत

८. ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

प्रकाशित ५ फागुन २०७५, आइतबार | 2019-02-17 17:30:47
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...