पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन



प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली
फोटोः प्रविन कोइराला

‘आयुक्त पाठकले ७८ लाख घुस लिएको स्वीकार गरेको भिडियो नै ल्यापटपमा बोकेर हामी प्रधानमन्त्री ओलीलाई भेट्न गएका थियौं, भेटघाट सकिएपछि त्यो भिडियो संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बुझाएका छौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा रहँदा शेर हुनेहरूलाई महाअभियोग लगाएर बिरालो बनाउने बताएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस काण्डको स्टिङ अपरेसन गर्ने समूहका व्यक्तिहरूलाई भेटेपछि प्रधानमन्त्री ओलीले महाअभियोगको प्रशंग ल्याएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ करिब दुई घण्टा भएको भेटमा अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ‘शेर बिरालो हुन समय नलाग्ने’ बताए।

‘लोकमानसिंह कस्तो शेरजस्ता थिए, महाअभियोग प्रक्रिया सुरु गर्ने बित्तिकै बिरालो भइहाले’, ओलीको भनाई उद्धृत गर्दे बैठकमा सहभागी एक सदस्यले भने, ‘सत्तामा रहँदा शेर भएकाहरू सत्ताबाट बाहिर जानेबित्तिकै बिराला हुन्छन्, उनीहरूले कसैलाई केही गर्न सक्दैनन्।’

तत्कालीन व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरेपछि निलम्बनमा अवस्थामा रहेका अख्तियार प्रमुख कार्कीलाई सर्वोच्च अदालतले सो पदका लागि अयोग्य ठहर गरेको थियो।

बुधबार राती नेपालखबरले अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको खुलासा गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर हटाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारका आयुक्त नै घुस काण्डमा संलग्न भएको खुलासा भएको हो।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले पटक पटक गरि ७८ लाख रुपैयाँ घुस बुझेको उनले स्वीकार गरेको भिडियो रेकर्डसमेत रहेको छ। जुन भिडियो हेरेको अख्तियारकै आयुक्तहरु, सरकारका सचिव, सत्तारुढ दल नेकपाका शीर्ष नेता र सांसदहरुले नेपालखबरलाई बताएका छन्।

बुधबार राती आयुक्त पाठकको घुसकाण्डको खुलासा भएपछि प्रधानमन्त्री ओलीले स्टिङ गरि सो भिडियो तयार गर्ने व्यक्तिहरूलाई नेकपाका केही नेताहरूको रोहबरमा बिहिबार बिहानै बालुवाटारमा भेटेका थिए। बिहानको भेटमा उनले साँझ दुई घण्टा समय दिएर यो प्रकरणबारे विस्तृतमा बुझ्ने बताएका थिए।

त्यही तयारी अनुसार राती ९ बजे अख्तियारका आयुक्त पाठकविरुद्ध स्टिङ गर्ने व्यक्तिहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रधानमन्त्री ओलीसँग भेटेर उनीहरूले सुरक्षा माग गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले नेम्वाङलाई पाठकविरुद्ध संसदमा महाअभियोगका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको बताएका थिए।

‘सुरक्षा राज्यको दायित्व हो, कुनै चिन्ता लिनुपर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘महाअभियोगले शेरहरूलाई बिरालो बनाउँछ, कुर्सी गुमाएका आयुक्तले केही गर्न सक्दैनन्।’

नेम्वाङले पाठकलाई महाअभियोग लगाउनका लागि संसादहरुले हस्ताक्षर संकलन गरिरहेको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए। ‘शुक्रबारबाट महाअभियोगको प्रक्रिया सुरु हुन्छ,’ बालुवाटारबाट बाहिरिएपछि नेम्वाङले बिहिबार राती नेपालखबरसँग भने।

प्रधानमन्त्रीसँगको भेटमा नेकपाका केन्द्रीय सदस्य रविन कोइराला सहित स्टिङ अपरेसन गर्ने समूहका तीन जना उपस्थित थिए। भेटमा ओलीले धेरै बोलेनन्, अरुको कुरा बढी सुने।

‘आयुक्त पाठकले ७८ लाख घुस लिएको स्वीकार गरेको भिडियो नै ल्यापटपमा बोकेर हामी प्रधानमन्त्री ओलीलाई भेट्न गएका थियौं’, स्टिङ गरि भिडियो तयार गर्ने एक जनाले बालुवाटारबाट बाहिरिएपछि नेपालखबरसँग भने, ‘निकै राती पनि भैसकेकाले प्रधानमन्त्रीले त्यो भिडियो त हेर्नु भएन, भेटघाट सकिएपछि हामीले त्यो भिडियो संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बुझाएका छौं।’

बिहिबार बिहान भएको करिब १५ मिनेटको भेटमा पनि प्रधानमन्त्री ओलीले पाठकविरुद्ध महाअभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएका थिए। त्यसैअनुसार दिउँसो नेकपाका सांसदहरुले हस्ताक्षर सुरु गरिसकेका छन्।

संसदमा ६९ जना सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भए संवैधानिक निकायका सदस्य निलम्बन हुने कानूनी व्यवस्था छ। महाअभियोग पारित हुन चाहिँ हाल कायम रहेको सदस्य संख्याको दुई तिहाइ चाहिन्छ। सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोमरको सांसद संख्या दुर्इ तिहाइभन्दा बढी रहेको छ।

यी रिपोर्ट पनि पढ्नुहोस्ः 

अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग तयारी गर्न ओलीको निर्देशन

घुस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

अख्तियार आयुक्त पाठकले ७८ लाख घुस लिएको खुलासा

प्रकाशित ३ फागुन २०७५, शुक्रबार | 2019-02-15 08:01:03
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...