पानीजहाजको टिकट खोज्नेहरुले केही समयमै पाउँछन्ः प्रधानमन्त्री



फोटोः प्रविन कोइराला

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको टिकट खोज्नेहरुले केही समयमै पाउने दावी गरेका छन्।

बिहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले आफूसँग टिकट मााग्दै मजाक गर्नेहरुले केही समयमै टिकट पाउने बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने भन्दै टिकट खोजेर जिस्काउनेहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रहसमेत गरे।

दुई चार जनालाई रोजगारी दिन कार्यालय स्थापना गरेको नभई सिंगो देशलाई अगाडि बढाउनका लागि पानीजहाज सञ्चालनमा ल्याउन लागेको उनको भनाई थियो। ‘यो कार्यालय दुई चार जनालाई रोजगारी दिनका लागि स्थापना गरिएको होइन’, उनले भने, ‘पानी जहाजको सञ्चालनबाट देश एक कदम अगाडि बढ्छ।’

प्रधामन्त्री ओलीले कार्यालयको स्थापनासँगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको दावी गरे। ‘केही मान्छेहरु केको युग? कस्तो युग? भन्दै शास्त्रीय कुरा गर्छन्। तर, म त्यतातिर जाँदिन’, नेपाल अब पानीजहाज युगमा प्रवेश गर्यो। नेपाल भूपरिवेष्ठित राष्ट्र भनेर किन खुम्चिनु। जलमार्गको प्रयोग गरि काठमाडौँ कोशी तथा वीरगञ्ज सामान पठाई जलमार्ग (पानीजहाजमा राखेर) बाट अरु देशमा पठाउछौँ। रक्सौल विरगञ्जमा पानीजहाजको आवश्यकता भैसक्यो।’

प्रधानमन्त्री ओलीले पानीजहाज सञ्चालनको इन्जिनियरिङका लागि छात्रवृत्तिमा विदेश पढन पठाउने वातावरण सरकारले तयार गर्ने बताए। समुन्द्र नै नभएको देश नेपाल भए पनि यहँ भएका जलमार्गको उपयोग गरि समुन्द्रसँग जोडिन सक्छौँ भनेर जलमार्गको सुरुवात गरेका उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दे भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको झण्डा राखेर केही समयपछि पानीजहाज सञ्चालन गरिने बताए। ‘केपी ओली प्रधानमन्त्री भएको वर्ष दिनमा पानी जहाजको कार्यालय स्थापना गर्न सफल भएका छौँ’, उनले भने, ‘अब छिट्टै पानीमा चलाएर देखाउछौँ।’ उनले विकासका काम रातारात सम्भव नहुने भन्दै समय लगाएरै भए पनि प्रतिफल राम्रो निकाल्ने दावी समेत गरे।

प्रकाशित २ फागुन २०७५, बिहिबार | 2019-02-14 12:15:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।