जनयुद्ध दिवस मनाउने कार्यक्रममा ओली सहभागी नहुने


Kshamadevi Group


प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली
फोटोः प्रविन कोइराला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा जनयुद्धको स्मरणमा कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टी एकीकरण भएपछि पहिलो पटक केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धको स्मृतिमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पठाएको निमन्त्रणामा सो कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र प्रमुख अतिथि हुने उल्लेख छ। कार्यक्रममा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने निश्चित भएको छ। सामान्यतया दुवै अध्यक्ष उपस्थित हुने कार्यक्रमको बरियतामा ओलीको नाम पहिलो नम्बरमा हुने गर्छ।

'प्रधानमन्त्रीज्यू पार्टी कार्यालयमा हुने कार्यक्रममा उपस्थित हुनुहुन्न। सोही समयमा उहाँको राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम छ', कार्यालय सचिव श्रेष्ठले नेपालखबरसँग भने। धुम्बाराहीमा जनयुद्ध दिवस मनाइरहँदा प्रधानमन्त्री ओली रोजगार कार्यक्रम घोषणा गरिरहेका हुनेछन्। नेकपा केन्द्रीय कार्यालयले आयोजना गर्न लागेको कार्यक्रमको नाम ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रृद्धाञ्जली’ राखिएको छ।

गत वर्ष माओवादीले निम्तो पठाउँदा पनि ओली जनयुद्ध दिवस मनाउन पेरिसडाँडा गएका थिएनन्।

दाहालसँग विभिन्न विषयमा मतभिन्नताका बढ्दै गएको अवस्थामा ओलीको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा लिइएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकीकरण हुनुअघिसम्म तत्कालीन एमाले अध्यक्षका रुपमा ओली माओवादी र सशस्त्र संघर्षका कट्टर आलोचक रहेका थिए।

पछिल्लो समयमा दुवै अध्यक्षहरुबीच राष्ट्रिय चासोका विषयमा फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन्। त्यसलाइ पार्टीभित्रको आन्तरिक विवादका रुपमा अर्थ्याइँने गरेको छ। पछिल्लो समयमा सार्वजनकि कार्यक्रममा दाहालले सशस्त्र संघर्षको समयमा उठाएको विषय सम्बोधन नहुने हो भने अर्को माओवादी जन्मन सक्ने चेतावनी दिएका थिए।

२०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेको थियो। यो दिनलाई माओवादीले वर्षेनी जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ। पार्टी एकीकरण भए पनि सामाजिक सञ्जालमा जनयुद्ध दिवसको उल्लास पूर्व माओवादी नेता-कार्यकर्तामा मात्र देखिएको छ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 15:54:57
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...