अकुत सम्पत्ति मुद्दामा गोपाल खड्का विशेषमा हाजिर


Kshamadevi Group


गोपाल खड्का
गोपाल खड्का

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का मंगलबार विशेष अदालतमा हाजिर भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता गरेको थियो।

अख्तियारले खड्काको अवैध सम्पत्ति लुकाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै अमिता लामा र श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। विशेषमा मंगलबार खड्का आफूमात्र हाजिर हुन निवेदन दिएका छन्।
अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य सदस्य न्यायाधीश नारायणप्रसाद पोखरेल इजलासमा थुनछेक बहस भइरहेको छ।

आयोगले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ खड्काले गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

अख्तियारको अनुसन्धानमा खडकाको कूल सम्पत्तिको ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रहेको खुलेको थियो। आयोगले खड्काले पदमा बसेर २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको थियो। आयोगको आरोपपत्रमा खड्काले ६ वर्ष अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको दाबी छ।

इन्जिनियरका रूपमा सेवा सुरु गरेदेखि सडक विभागको सुपरिन्टेन्डेन्ट इन्जिनियर (उपसचिवस्तर) बाट अवकाश हुँदासम्म उनले एक करोड २० लाख आर्जन गरेका थिए। खड्का आयल निगमको कार्यकारी निर्देशक भएपछि जग्गा खरिद अनियमिततामा मुछिएर विवादमा तानिएका हुन्।

खड्काको सेवा अवधिभरको तलब ४० लाख रुपैयाँ र जग्गा बिक्रीबाट ५८ लाख आम्दानी खुलाउन सकेका छन्। घरभाडाबाट १३ लाख ५६ हजार र ५ करोड ३३ लाख ऋण लिएको विवरण पेश गरेका छन्।

अख्तियारको अनुसन्धानमा खड्काको पुख्र्यौली बाहेक ३ वटा घर बनाएको र खरिद गरेको भेटिएको थियो। उनले २ वटा घर खरिदका लागि बैना समेत दिएका थिए। उपत्यकाका तीन जिल्ला बाहेक काभ्रेका विभिन्न स्थानमा उनले ११ कित्ता जग्गा खरिद गरेका छन्। घरजग्गामा मात्रै खड्काले ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानमा भेटिएको हो।

एक करोड रुपैयाँको सेयर खरिद गरेका उनले ऋणको साँवा र ब्याज भुक्तानीमा ४ लाख २२ हजार खर्च गरेका थिए। एक करोड १७ लाख रुपैयाँको गाडी खरिद गरेका उनले विभिन्न बैंकबाट सुपरमार्केटहरूमा मात्रै एक करोड ८० लाख खर्च गरेको भेटिएको छ। विभिन्न ५५ वटा बैंक, सहकारी र वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत गरेको अनुसन्धानमा खुलेको थियो।

खड्काले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार रुपैयाँ लुकाएका थिए। काठमाडौंको महांकालस्थित सीजी डेभलपर्सले निर्माण गरेको घर ३ करोड २५ लाखको रहेको, त्यसमध्ये २० लाखबाहेक सबै भुक्तानी गरेका थिए। यस्तै रोड शो रियलस्टेटले निर्माण गरेको घर खरिदका लागि खड्काले दिएको ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ‘गुड फर पेमेन्ट’ चेक जफतका लागि अदालतमा बुझाएको छ।

जग्गा खरिदको अनुसन्धान जारी
खड्काबिरुद्ध आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको छ। २०७४ भदौमा संसदको उपभोक्ता हित तथा संरक्षण समितिले निगमको जग्गा किन्दा अनियमितता भएको ठहर गर्दै सञ्चालक समिति र जिम्मेवार अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो। उपसमितिले चार ठाउँमा तीनदेखि चार गुणासम्म बढी मूल्यमा जग्गा किनिएको प्रतिवेदन तयार पारेको थियो।

संसदको सार्वजनिक लेखा समितिले समेत अनियमितताको ठहर गर्दै फाइल अख्तियारमा पठाएको थियो। समितिले गलत कानुनका आधारमा खरिद प्रक्रिया अगाडि बढाइएको, प्रचलित दरभन्दा बढी खर्च र अनुपयुक्त भूबनोटमा किनिएकाले जनाएको थियो। संसदकै अर्थ समितिले अब्दुल रज्जाकको संयोजकत्वमा गठन गरेको उपसमितिले जग्गा खरिदमा टेन्डर प्रक्रिया अपनाउनु गलत भएको निष्कर्ष निकालेको थियो।

जग्गा खरिदमा कम्तिमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको अनुसन्धानमा खुलेको थियो। निगमले चितवन, रूपन्देही, झापा र सर्लाहीमा जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययनले जग्गा दलालमार्फत चलेको मूल्य भन्दा कैयौं गुणा बढी भुक्तान गरेको भेटिएको थियो।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 13:24:35
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।