नेपालमा पूर्व युवराज र थाइल्याण्डमा राजकुमारीले बेहोर्नु परेको समान नियति


Kshamadevi Group


पूर्व युवराज पारश र थाइ राजुकुमारी माहिडोल
पूर्व युवराज पारश र थाइ राजुकुमारी माहिडोल

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राको पार्टी थाइराक थाइ पार्टीबाट उम्मेदवारी दर्ता गराएकी थाइ राजकुमारी उबलरतना को प्रधानमन्त्री बन्ने सपना अधुरो बनेको छ।

थाइ राजपरिवारका सदस्यले राजनीति गर्न अनुचित हुने प्रतिक्रिया त्यहाँका राजा महा बाजिरालङ्कर्नले दिएसँगै राजकुमारी उबलरतनाको राजनीतिमा आउने र प्रधानमन्त्री बन्ने सपना अधुरो बन्न पुगेको हो।

थाइल्याण्ड त्यही राजतन्त्रात्मक मुलुक हो, जहाँ नेपालमा ०६५ मा राजतन्त्रको अन्त्य भएपछि पूर्व युवराज पारश सपरिवार बसोबास गर्न थालेका थिए। थाइ राजपरिवारसँग सुमधुर सम्बन्ध भएकाले पूर्व राजा ज्ञानेन्द्र पनि बेला बेला थाइल्याण्ड गइरहन्छन्।

राजा महा बाजिरालङ्कर्नको प्रतिक्रिया र प्रमको उम्मेदवारी रद्द भएसँगै राजाकी बहिनी एबं राजकुमारी उबलरतनाको सपना पनि नेपालका पूर्व युवराज पारशको जस्तै चकनाचुर हुन पुगेको छ।

पारशको सपना
नेपालको संविधान सभाले जब १५ जेठ ०६५ मा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना ग¥यो, पूर्व युवराज पारश पत्नी हिमानी शाह र तीन बच्चाहरुसहित उतै बस्ने योजनाका साथ सिँगापुर प्रस्थान गरे।

भर्खर गणतन्त्र स्थापना भएकाले असुरक्षा महसुस गर्दै पारश परिवार लामै उतै रहने गरी सिँगापुर प्रस्थान गरेको थियो। तर, सिँगापुरमा बसोबास थालेको एकाध महिनामै पत्नी हिमानीसँग पारशको सम्बन्ध बिग्रियो। उनी बच्चासहित काठमाडौँ फर्किन्।

पारश भने उतै रहे। पारिवारिक जञ्जालबाट मुक्त भएका उनी त्यहाँ बिन्दास जीवन बिताउन थाले। काठमाडौँमा रहेका उनका साथीसंगीहरु उनलाई साथ दिन सिँगापुर पुग्ने र नेपालमै फर्केर राजनीति गर्न उक्साउन थाले।

पारश शाह मृगस्थलीमा

पारश शाह मृगस्थलीमा

आफूलाई साथ दिइरहेका युवाहरुले उक्साउन थालेपछि पारशले पनि राजनीतिमा आउने सपना देख्न थाले। यसैक्रममा उनी नेपाल फर्कने र राजनीतिक दल खोलेर राजनीतिमा आउने, आफ्नो नेतृत्वमा देश हाँक्ने सपना देख्न थाले।

१८ चैत २०६५ मा सिँगापुरको द न्यू पेपरमा पारशको एउटा अन्तर्वार्ता प्रकासित भयो, त्यसमा उनले भनेका थिए, ‘नेपालले मलाई खोजेको छ, त्यसैले उपयुक्त समयमा नेपाल फर्कनेछु र युवाहरुलाई नयाँ दृष्टिकोण दिने गरी राजनीतिक दल खोल्नेछु।’

नेपालमा उपभोग्य बस्तुको अभाव रहेको, विजुली संकट र हत्याहिँसा झेलिरहेको बताउँदै पारशले नेपाली जनताले राम्रो सरकारको खोजी गरिरहेकाले आफ्नो खोजी भएको स्पष्टिकरण दिएका थिए। र, त्यही कारण राजनीतिक दल खोल्ने तयारी सुनाएका थिए।

सिँगापुरमा एकाध बर्ष बिताएपछि पारश थाइल्याण्डतर्फ लागे। त्यहाँ उनलाई युवराज छँदादेखि नै चिनजान भएकी थाई युवती कन्निका चाइसर्नले साथ दिइन्। ०७१ मा काठमाडौँ फर्कनु भन्दा केही अघिसम्म उनी चाइसर्नसँगै रहे।

तर, त्यहाँ उनी लागू औषध प्रयोगको अभियोगमा पक्राउ परे। मुद्दामामिला चल्यो। मुटु सम्बन्धी समस्याका कारण झण्डै एक महिना अस्पतालमा पनि बिताए। लागू औषध मुद्दाका कारण उनी त्यहाँ रहन नसक्ने स्थिति भएपछि उनलाई काठमाडौँ फर्काइयो।

काठमाडौँ फर्केका पारशको राजनीतिक महत्वाकांक्षा मरिसकेको छैन। बाबु ज्ञानेन्द्रलाई जस्तो उनलाई राजतन्त्र पुनस्र्थापना हुन्छ भन्ने विश्वास छैन। पुनस्र्थापना भयो भनेपनि आफ्नो विवादास्पद विगतका कारण आफूलाई राजा बनाइँदैन भन्ने राम्रैसँग थाहा छ।

समान नियति
शासनको महत्वाकांक्षा, तर राजा बन्न नसक्ने स्थितिका कारण राजनीतिक दल खोल्ने उनको इच्छा जीवितै छ। तर, राजनीतिक दल खोल्ने उनको योजनामा पूर्व राजा ज्ञानेन्द्रले ब्रेक लगाइदिएका छन्।

हुन त, आफ्नो नाममा निस्कने विज्ञप्तीहरुमा ज्ञानेन्द्र शाहले आफूलाई ‘पूर्वराजा’ नै उल्लेख गर्ने गरेका छन्। तर, राजतन्त्रको अन्तिम प्रतिनिधि भएको र उनीपछि नेपालमा अर्काे राजा नभएकाले उनलाई अहिले पनि ‘राजा’ भन्नेहरुको कमी छैन।

पूर्व राजालाई पनि भित्रैदेखि ‘आफू नै राजा हुँ’ भन्ने लाग्छ। त्यही कारण ‘राजपरिवारका सदस्यहरुले राजनीति गर्नु हुँदैन’ मान्यतामा अडिग रहेका उनले पूर्व राजपरिवारका सदस्यहरुलाई दल खोल्नमात्र होइन, राजनीतिमा सहभागी हुनपनि रोक लगाएका छन्।

त्यही कारण उनका ज्वाइँ राजबहादुर सिँह पनि राजनीतिमा सक्रिय हुन सकेनन्। पूर्वराजाकी एकमात्र छोरी प्रेरणा शाहका पति हुन् उनी। राजनीतिमा सक्रिय हुने योजनाका साथ उनी दोस्रो संविधान सभा कालमा हरिचरण शाहले नेतृत्व गरेको नेपाली जनता दलमा प्रवेश गरेका थिए।

तर, राजपरिवारका सदस्यहरुले राजनीति गर्न नहुने मान्यता विपरित राजनीतिक दलमा प्रवेश गरेको भन्दै पूर्वराजाको खप्की खाएपछि उनी केही समयमै निस्क्रिय रहे। व्यापार–व्यवसायमा सक्रिय उनी त्यसयता कुनै पनि राजनीतिक मञ्चमा देखिएका छैनन्।

छोरा पारश बाबु ज्ञानेन्द्र भन्दा बढी घुमघाममा व्यस्त छन्। यसबीचमा उनले आफ्नो जनसम्पर्कलाई पनि बढाएका छन्। तर, पूर्व राजाले राजनीतिमा सक्रिय हुन लगाएको प्रतिबन्धका कारण उनका गतिविधि धार्मिक–सामाजिक कर्ममा सीमित छन्।

पारशको जस्तै नियति नेपालको पूर्व राजपरिवारसँग सुमधुर सम्बन्ध मानिने थाइ राजपरिवारकी सदस्य राजकुमारीले पनि बेहोर्नु परेको छ। २४ मार्चमा हुने निर्वाचनमा प्रधानमन्त्री पदकी प्रत्यासी रहेकी उनको उम्मेदवारी त्यहाँका राजाको असन्तुष्टिपछि रद्द हुन पुगेको छ।

दिवंगत राजा भूमिबोल अदुल्यदेजकी छोरी उनले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाहपछि राजपरिवारको सदस्यता त्यागेकी थिइन्। तर, केही बर्षपछि पतिसँग पारपाचुके गरेर थाइल्याण्ड फर्केपछि राजपरिवारको सदस्य दर्ज भइन्।

यसैबीच उनलाई पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा नेतृत्वको ‘थाइराक थाइ पार्टी’ ले २४ मार्चमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय ग¥यो। खासमा सो पार्टीले सेनाको कोपभाजनबाट बच्न राजकुमारी माहिडोललाई प्रधानमन्त्रीको उम्मेदवारी बनाउने निर्णय गरेको थियो।

राजकुमारी माहिडोल

राजकुमारी माहिडोल

चुनावी प्रतिस्पर्धामा विजयी भए उनी प्रधानमन्त्री बन्न सक्ने थिइन्। तर, गद्दीनसिन दाजु राजा महा बाजिरालङ्कर्नको आपत्तिपछि उनकोे उम्मेदवारी रद्द भएको छ। थाइल्याण्डको प्रधानमन्त्री बन्ने दौडबाट राजकुमारी माहिडोल बाहिरिएकी छन्।

नेपालमा गणतन्त्र स्थापनापछि झण्डै ४ बर्ष थाइल्याण्डमा बिताएका पूर्वयुवराज पारशको आफ्नै नेतृत्वमा राजनीतिक दल खोलेर प्रतिस्पर्धा गर्ने र देश हाँक्ने सपना चकनाचुर भएजस्तै राजकुमारी माहिडोलको प्रधानमन्त्री सपना पनि चकनाचुर हुन पुगेको छ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 11:27:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।