मुस्ताङको ‘माइनस’ पाँच जाडोमा नेपाली र अमेरिकी सेनाको तालिम



मुस्ताङको मौसम यतिबेला निकै चिसो छ। जोमसोम वरपरका डाँडापाखामा हिउँ परेको छ।

जाडोबाट जोगिन कतिपय रैथाने बासिन्दा म्याग्दी एवं पोखरा झरेका छन्। न्यूनतम तापक्रम माइनस ५ डिग्री सेल्यिसियस’सम्म पुगेको छ।

यही चिसो जोमसोममा नेपाल र अमेरिकाका सेना तालिम गरिरहेकाछन्, दुई देशबीचको सम्बन्ध अझ न्यानो बनाउने उद्देश्यसहित। नेपाली सेनाको हिमाली युद्ध विद्यालय मुस्ताङमा यतिबेला अमेरिकी सेनासहित ४८ जनाको विशेष कमाण्डो टोली तालिम गरिरहेको हो।

नेपाल र अमेरिकी सेनाबीच वर्षेनी आयोजना हुँदै आएको संयुक्त सैन्य तालिम ब्यालेन्स नेल अन्र्तगत यसपटक तीन हप्ता लामो तालिम सञ्चालन भइरहेको हो। तालिम चलिरहँदा हिमपात भएको छ। हिमपातबीच तालिम जारी छ।

नेपाली सेनाको विशेष फौज महावीर रेञ्जर रेजिमेन्ट, हिमाली युद्धकला विद्यालय र संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका सैन्य अधिकारी तालिममा सहभागी छन्। उच्च हिमाली क्षेत्रमा युद्धकला, आपतकालीन उद्दार र हिमपहिरोको जोखिम र विपत् व्यवस्थापन तालिम भइरहेको नेपाली सेनाले जनाएको छ।

तालिम अमेरिकी सेनासँग हुने नियमित क्यालेन्डरअनुसारकै एउटा हिस्सा हो। यो तालिम अन्तर्गत उच्च हिमाली क्षेत्रमा जीवन रक्षासहित विपत् व्यवस्थापन र उद्दारका कलाहरुसम्बन्धी अनुभव साटासाट हुनेछ।

‘अहिले सञ्चालन भइरहेको तालिम दुई देशबीच वर्षेनी आयोजना हुने तालिमकै एउटा हिस्सा हो,’ सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले नेपालखबरसँग भने ‘त्यसमा नेपाली सेनाको रेञ्जर र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड सहभागी छन्।’ उनका अनुसार सैन्य तालिम तीन हप्ता लामो हुनेछ। यो तालिम फागुनको पहिलो साता समापन हुनेछ।

दुई देशका सेनाबीच १५ वर्षदेखि आपसी साझेदारीमा विभिन्न तालिम, कार्यशाला एवं अनुभव आदान–प्रदान हुँदै आएको छ। ‘हिम पहिरो सुरक्षा, आपतकालिन उद्दारका लागि मात्र होइन आपसी मित्रता मजबुत बनाउन समेत सकारात्मक हुने विश्वास लिएको छ।

‘यस किसिमका तालिमले हिमपहिरो सुरक्षा, हिमनदीसम्बन्धी तालिम, आपतकालीन उद्दार तथा निसानाको सीप सिकाउने मात्र होइन अमेरिका र नेपालबीच सैन्य सम्बन्ध, आपसी सौहार्दता अझ बढाउनेछ’, तालिमका तस्विर पोष्ट गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले ट्विटरमा भनेको छ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 18:39:42
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...