नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए राजीनामा

महर भन्छन्ः नेविसंघको विषयले पार्टीमा मतान्तर बढायो



नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।

कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको पनि अध्यक्ष महरले जानकारी दिए।

सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेका थिए। उनले आफूले राजीनामा दिएपछि संघको १२ औं महाधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्वलाई सहज हुने विश्वास पनि व्यक्त गरे।

महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजानिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 15:35:23
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...