Exclusive

अमेरिका भारतसँग ‘व्यापार युद्ध’को तयारीमा



अमेरिकाले वैदेशिक व्यापारमा चीनपछि भारतमाथि कडा कदम चाल्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको व्यापार घाटा कम गर्न कदम चाल्न लागेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले अमेरिकाले भारतलाई दिँदै आएको शून्य भन्सार सुविधा कटौती गर्न लागेको बताएका छन्। अमेरिकाले सन् १९७६ देखि दुई हजार भारतीय उत्पादनलाई जर्नलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जिएसपी)को मान्यता दिँदै शून्य भन्सार सुविधा दिँदै आएको थियो। अमेरिकाले विकासोन्मुख देशका आर्थिक विकासका लागि यो सुविधा दिनेगर्छ।

चीनमा उत्पादित सामग्रीमा भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीच व्यापारिक तनाब जारी छ। चीनले अमेरिकी सामग्रीहरुलाई लक्षित गर्दै त्यस्तै कदम चलेको छ। यसलाई ‘अमेरिका र चीन व्यापार युद्ध’को रुपमा व्याख्या गरिँदै आइएको छ।
डिसेम्बरका शुरुमा एक सय दिनका लागि दुवै देशले युद्धविराम गर्ने सहमति गरेका छन्। त्यसयता दुवै देशबीच वार्ता भए पनि सहमति बन्न सकेको छैन।

ट्रम्प अमेरिकाको राष्ट्रपति भएयता भारतसँगका व्यापार घाटा कम गर्न कदम चाल्न प्रयास गरिरहेको देखिन्छ। यस्तो कदम चाले भारतको निर्यात व्यापार नराम्रोसँग प्रभावित हुनेछ। भारतसँग व्यापारिक सम्बन्धमा रहेको ‘विभेदकारी भन्सार दर’ को कारण भारतको पल्लाभारी रहेको ट्रम्प प्रशासनको विश्लेषण छ।

सन् २०१७–१८ मा भारतबाट अमेरिकातर्फ ४७ अर्ब ९० करोड अमेरिकी डलरका निर्यात भएको थियो। भारतले २६ अर्ब ७० करोड अमेरिकी डलरका आयात गरेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतविरुद्ध चाल्न खोजेको कदम उनकै चुनावी प्रतिवद्धताअनुसार हो। हार्ली डेभिटसन मोटरसाइकलमा भारतले लगाइरहेको भन्सार दरबारे ट्रम्पले तीन पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कुरा गरेका छन्। उनले शून्य भन्सारमा सो मोटरसाइकल भारतीय बजारमा प्रवेश पाउनुपर्ने माग गरेका छन्।

सन् २०१८ मार्चदेखि अमेरिकाले भारतीय सामानमाथि भन्सार दर बढाउँदै लगेको छ। डेरी उत्पादक तथा स्वाथ्य उपकरण तथा सामग्री उत्पादकहरुलाई भारतीय बजार प्रवेशमा अवरोध गरेपछि अमेरिकाले जिएसपीमाथि पुनःविचार गर्न लागेको हो। गत नोभेम्बरमा अमेरिकाले ५० वटा सामग्रीबाट शून्य भन्सार दर हटाइसकेको छ।

भारतले पनि अमेरिकाबाट आयात हुने २३ करोड ५० लाख अमेरिकी डलरका सामग्रीमाथि भन्सार बढाउने प्रस्ताव गरेको छ। अमेरिकासँग वार्ताकै माध्यमबाट समस्या समाधान गर्न चाहेको भारतले सो प्रस्ताव कार्यान्वयनका लागि पाँच पटक मिति सारिसकेको छ। पछिल्लो समयसीमा मार्च १ को तोकिएको छ।

भारतले अमेरिकासँगका व्यापार घाटा कम गर्नका लागि अमेरिकी पट्रोलियम पदार्थ र विमान किन्ने प्रस्ताव गरेको छ। यो विषय सुल्झाउन अमेरिका र भारतबीच केही महिनादेखि पटक पटक वार्ता भएका छन्। ती वार्ताहरु सहमतिमा पुग्न सकेका छैनन्।
यसैबीच अर्को साता अमेरिकी वाणिज्यमन्त्री विलबर रोसले भारतको भ्रमण गर्दैछन्। उनको यो भ्रमणलाई दुवै देशबीच जारी गतिरोध अन्त्य गर्न भएको प्रयासको रुपमा हेरिएको छ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 12:58:17
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...