नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरी
नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ।

दाहालले भेनेजुएला संकटबारे कडा शब्दमा विज्ञप्ति जारी गरेको करिब दुई सातापछि अमेरिकी राजदूतसँग भेटवार्ता भएको हो।

भेटमा दाहालले आफूले अमेरिकासँगका कुटनीतिक सम्बन्धमा कुनै प्रकारको तनाब ल्याउन नखोजको जानकारी उल्लेख गरेको दाहाल निकट स्रोतले बतायो।

नेकपाका नेता देवेन्द्र पौडेलले राजदूत बेरी र अध्यक्षबीच भेटवार्ता भएको बताए। दाहालले चाँडै अमेरिका भ्रमण गर्ने पनि दाबी गरे। वक्तव्यको विवादपछि दाहालले पत्नी सीतालाई उपचारका लागि अमेरिका लैजाने योजना स्थगन भएको थियो। अमेरिकी राजदूतसँग भएको भेटवार्ताबारे दाहालको सचिवालयले आधिकारिक रुपमा केही बताएको छैन।

 

प्रकाशित 2019-02-10 18:57:56