ब्रिफिङ

झम्सीखेलको त्यो बैठकपछि प्रचण्डसँग ओलीले सोधेः मलाई हटाउन खोजेको हो?


Kshamadevi Group


ओली र प्रचण्ड
ओली र प्रचण्ड

डावोसबाट फर्केलगत्तै आफु निकट नेताहरूसँग ओलीले ‘झम्सीखेल बैठकले पहिलो चरणमा पार्टी केन्द्रीय कमिटीमा आफ्नाविरुद्ध बहुमत जुटाउने र दोस्रो चरणमा संसदीय दलको नेताबाट हटाउने तयारी गरेको सूचना पाएको’ ब्रिफिङ गरेका थिए।

काठमाडौँमा दुई तीन दिनको झरीसँगै चिसो बढ्दै गर्दा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वले राजनीतिलाई तताइरहेको छ।

भेनेजुएला प्रकरणबाट सुरु भएकोजस्तो देखिएको राजनीतिक असमझदारी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालले भेटवार्ता गरी ‘एकताको सन्देश दिने’ सहमती गरिसक्दा पनि सेलाउने विश्वास नेता र कार्यकर्ता तहमा पलाएको छैन।

भेनेजुएला प्रकरणमा अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल नगरी दिएको वक्तव्यले तरंग ल्याएपनि नेकपाको सचिवालय बैठकले त्यो विषयमा ‘टोन डाउन’ गरिएको वक्तव्य दिएर समाधान भएको संकेत दिएको थियो।

तर प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई बालुवाटार बोलाएर ‘वक्तव्य दिने क्रममा प्रचण्ड चिप्लिएर केही शब्द बढी परेको’ स्पष्टीकरण दिएको बाहिरिएपछि दुई अध्यक्षबीचको असमझदारी झन् बढ्यो। र, दुई तिहाई बहुमतको सरकार बनेको एक वर्ष पुग्नै लाग्दा प्रचण्ड पहिलो पटक सरकारको कडा आलोचनामा उत्रिए।

पार्टी एकता प्रक्रियादेखि नै प्रचण्डको विपक्षमा खरो उभिँदै आएका सचिवालय सदस्य ईश्वर पोखरेलले शनिबार नेकपाभित्र ओली–प्रचण्डबीच देखिएको विवादको चुरो नेतृत्वको विषयमा रहेको प्रष्ट संकेत गरेका छन्।

‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन’, पोखरेलले शनिबार बिहानै प्रचण्डतिर लक्षित गर्दै फेशबुकमा लेखेका छन्, ‘अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।’

भेनेजुएला प्रकरणले विवादलाई सतहमा ल्याइदिए पनि त्यसअघिदेखि नै ओली र प्रचण्डबीच हार्दिक सम्बन्ध नरहेको बुझाइ नेकपा वृत्तमा छ। पछिल्लो चरणमा तिक्तता र चिसो बढाउने खास कारण चाहिँ प्रधानमन्त्री ओली देशबाहिर रहेको बेला झम्सीखेलमा दाहालसहित बसेको एउटा गोप्य बैठक रहेको खुलेको छ।

झम्सीखेल बैठक
ओली स्वीट्जरल्याण्डको डावोसमा रहेकै बेला ललितपुरको झम्सिखेलमा माघ १० गते बिहान नेकपा सचिवालयका बहुमत सदस्यको गोप्य बैठक बस्यो। स्रोतका अनुसार, अध्यक्ष दाहालसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच झम्सीखेलमा बैठक भएको सूचना प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको डावोसमै पाए। ९ सदस्यीय सचिवालयका ५ अर्थात् बहुमत नेताहरु अलग्गै बैठक बसेको खबर पाउनासाथ ओलीले उतैबाट नेपालमा सोधखोज गरे।

प्रधानमन्त्री निकट स्रोतहरूका अनुसार चिकित्सा शिक्षासम्बन्धी विधेयक र शान्ति प्रक्रिया सम्बन्धमा पश्चिमा राष्ट्रका राजदूतहरुले जारी गरेको बक्तव्यका बारेमा छलफल गर्न बसेको भनिए पनि ओली आफ्नो अनुपस्थितिमा भएको त्यो राजनीतिक बैठकबाट निकै आक्रोशित भएका छन्। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको पहलमा झम्सीखेलमा नेताहरुबीच भएको बैठक ‘आफ्नोविरुद्ध योजना बनाउन’ आयोजना गरिएको बुझाई प्रधानमन्त्री ओलीको छ। दाहालबाहेकका चार नेता पहिल्यैदेखि प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको, सचिवालयको बैठकसमेत सामूहिक रुपमा बहिस्कार गरेको र सार्वजनिक रुपमा समेत सरकारको आलोचनामा उत्रिने गरेको पृष्ठभूमिमा उनीहरुसँग दाहालको बैठकले ओली निकै झस्केका हुन्।

प्रधानमन्त्री ओलीले डावोसबाट फर्के लगत्तै काठमाडौंमा आफू निकट नेताहरुसँग बैठक गरे, जहाँ उनले ‘झम्सीखेल बैठकले आफ्ना विरुद्ध मोर्चा बनाउनेबारे छलफल गरेको सूचना पाएको’ ब्रिफिङ गरेका थिए।

ओली निकट स्रोतहरूका अनुसार उनले ‘पहिलो चरणमा पार्टी केन्द्रीय कमिटीमा आफ्नाविरुद्ध बहुमत जुटाउने र दोस्रो चरणमा संसदीय दलको नेताबाट हटाउने तयारी भइरहेको सूचना आफुले पाएको’ सुनाएका थिए।

नेकपामा अहिले ओली, दाहाल र नेपालका समूहहरु बराबरीको अवस्थामा छन्। कुनै दुई नेता एक ठाउँमा हुनासाथ तेस्रोलाई पाखा लगाउन सकिने गणित भएकाले ओली सशंकित भएका हुन्।

स्रोतका अनुसार, यस विषयमा ओलीले दाहाललाई नै सोधेका थिए। डावोसबाट फर्किनासाथ दाहाललाई बालुवाटारमा भेटेर ओलीले ‘तपाईंहरुले मलाई हटाउन चाहेको हो’ भनेर सीधै सोधेका थिए। जवाफमा दाहालले ‘त्यस्तो विषयमा कुनै कुरा नउठेको’ भन्दै ‘साथीहरुले बसौँ भनेर बसेको, कुनै ठोस छलफल नभएको र त्यही कारणले आशंकित हुन नहुने’ जवाफ दिएका थिए।

ओलीले चाहिँ ‘साथीहरुसँग बस्दा सुरक्षाकर्मीका गाडी नलिएर, गोप्य स्थान खोज्दै जानुपर्ने कारण के हो’ भनेर दाहालसँग सोधेका थिए।

स्रोतका अनुसार, १ घण्टा ५५ मिनेट चलेको झम्सीखेल बैठकमा दाहाल धेरै बोलेका थिएनन् भने माधव नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका थिए। बाँकी नेताहरुले ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए।

‘बैठकमा तीन नेता (झलनाथ, वामदेव र नारायणकाजी) निकै आक्रोशित रुपमा प्रस्तुत भएका थिए’, झम्सीखेल बैठकबारे नजिकबाट जानकार नेकपाका एक नेता भन्छन्, ‘पाार्टीका लागि कुनै व्यक्तिलाई केन्द्रमा राख्न नसकिने भन्दै सरकार र पार्टी दुबैलाई अघि बढाउन ओली असफल रहेको विश्लेषण उनीहरूको थियो।’

ओलीको कार्यशैलीको आलोचना
‘सरकारले अपेक्षित गति लिन नसकेको’ भन्दै नेकपाकै कतिपय नेताहरुले प्रधानमन्त्री ओलीको अलोचना गरिरहेका छन्। समान स्तरका नेताहरुसँग ओलीले गर्ने गरेको व्यवहारले पनि नेकपाका कतिपय नेताहरु बिच्किएको जस्तो देखिएको छ।

सबै कार्यक्रम मिलाएर आफ्नो सुविधा अनुसार नेताहरुलाई भेट्न बोलाउँदा पनि ओलीले एक दुई घण्टा कुराउने गरेका छन्, जसबाट नेताहरूले आफु अपमानित भएको महशुस गरेका छन्।

‘आफूलाई चाहिनेबित्तिकै एक घण्टाको समय पनि नराखेर बालुवाटार बोलाउनेदेखि पाँच मिनेट बाँकी रहँदा बैठक स्थगित भयो भनेर खबर गर्न लगाउने ओलीको कार्यशैलीप्रति धेरै नेता असन्तुष्ट छन्’, नेकपाको स्थायी समितिका एक जना सदस्य भन्छन्, ‘हालै अध्यक्ष दाहालका सहयोगीलाई राती ११ बजे फोन गरेर भोली बिहान ८ बजे बालुवाटार आइपुग्नु भनेर खबर गरे ओलीले, राती सुतिसकेपछि फोन गरेर बिहान आठ बजे बोलाउँदा दाहालले अपमान सम्झिए र भेट्न गएनन्।’

निर्धारित समयमा बोलाएर पनि बालुवाटारमा लामो समय कुराएको भन्दै चार नेताले गत मंसिर २२ गते सचिवालय बैठक बहिस्कार गरेका थिए।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 13:36:30
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...