प्रचण्डलाई लक्षित गर्दै ईश्वर पोखरेलले भनेः उन्मादमा चल्नेलाई नेतृत्वमा ल्याए दुर्भाग्य



ईश्वर पोखरेल
ईश्वर पोखरेल

नेकपाका सचिवालय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै ‘शनक र उन्मादमा चल्ने’ लाई नेतृत्वमा ल्याए दुर्भाग्य हुने चेतावनी दिएका छन्।

केही दिनयता भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला शनिबार पोखरेलले मुख खोलेका हुन्।

‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन’, पोखरेलले शनिबार बिहानै फेशबुकमा लेखेका छन्, ‘अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।’

भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध कडा वक्तव्य दिएका अध्यक्ष प्रचण्डले शुक्रबार मात्र सरकारको कार्यशैलीमाथि प्रहार गरेका थिए। प्रचण्डले सरकारको आलोचना गरेको भोलिपल्ट नै पोखरेलले उनैलाई लक्षित गरी अहिलेको राजनीतिक परिस्थिति र पार्टी एकताका सन्दर्भमा आफ्ना भनाई राखेका हुन्। यसअघि काठमाडौंको एउटा चुनावी क्षेत्र खाली गराएर नेकपाका वरिष्ठ नेता वामदेव गौतमलाई चुनावमा उम्मेदवार बनाउने प्रयास हुँदा पनि पोखरेलले यसैगरी फेशबुकबाट प्रहार गरेका थिए।

पूर्व माओवादीहरूको बुझाईमा पोखरेल सुरुदेखि नै पार्टी एकता प्रक्रियामा पूर्व माओवादीप्रति नकारात्मक देखिँदै आएका छन्। र, अहिले भेनेजुएला प्रकरणमा विवाद देखिएपनि पार्टी नेतृत्वबारे कुनै छलफल नभएको अवस्थामा उनले नेतृत्वको प्रश्न उठाएका छन्। 

नेकपामा भेनेजुएला प्रकरणबाट सुरु भएको अहिलेको विवाद यो भनाभनबिच झन् बढ्ने देखिएको छ। पढनोस् ईश्वर पोखरेलको टिप्पणीको पूरा पाठः

परिस्थिति र पार्टी एकताका सम्दर्भमा

१.परिस्थिति
अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो। यसको संवैधानिक र राजनीतिक घोषणा त भयो– तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन्। गरिदैछन्– हुँदैछन्। अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिँदैछ। अभ्यास र आदत एकातिर, अवस्था र आवश्यकता अर्कोतिर।

सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो। स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेको छ। तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन्। त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ। त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न– डढेलो सल्काउन ज्यान फालेर लागेका छन्, पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन्। त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो। र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ। आमरूपमा आउने गरेका– उठ्ने गरेका प्रश्न, जिज्ञासा, आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ। धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरी छ।

२. दुइटा कम्युनिष्ट पार्टी बिचको एकता
यो एकता कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिष्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ। एकताका सन्दर्भमा यी मूलतः भावनात्मक पक्ष हुन्। एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष, संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो। एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन। अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिँदै छलफल बहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ। एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक बहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ। आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो। यस मामिलामा अलमलिएर वा यसमा ‘ग्रे एरिया’ राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन।

सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ। यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ। कम्युनिष्टका नाममा भीड शक्ति हुनसक्तैन। विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै, बन्नै सक्तैन।

कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन। अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।

आज नेकपा (एमाले) र माओवादी केन्द्र बिच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही बाटो हिंड्नुपर्छ। चुनौतीपूर्ण अभिभारा पूरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन्– यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ। टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पूरा गर्नेछन्।

प्रकाशित २६ माघ २०७५, शनिबार | 2019-02-09 12:53:05
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...