नेकपा एकतासम्बन्धी कार्यदल बैठकमा समानान्तर प्रतिवेदन बुझाउने चेतावनी



रामबहादुर थापा ‘बादल’
रामबहादुर थापा ‘बादल’

पार्टी एकता सम्बन्धमा नेकपा केन्द्रीय सचिवालयले गठन गरेको कार्यदलभित्र तत्काल प्रतिवेदन बुझाउने वा दिइएको जिम्मेवारी पुरा गरेर बुझाउने भन्ने विषयमा विवाद सिर्जना भएको छ।

कार्यदलका बहुमत सदस्यहरुले कार्यदल असफल देखिने गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाइए समानान्तर प्रतिवेदन बुझाउने चेतावनी दिएपछि कार्यदलभित्र दुई धार देखिएको छ।

सोमबार (२१ माघ) बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदललाई २२ माघमा प्रतिवेदन बुझाउन समयावधि तोकेको थियो।

२२ माघमा प्रतिवेदन बुझाउने र २३ माघमा फेरि सचिवालयको बैठक बसेर एकता सम्बन्धमा थप निर्णय गर्ने बताइएपनि प्रतिवेदन नबुझाइँदा सचिवालयको बैठक २३ माघमा हुन सकेन।

त्यसको कारण थियो, दिइएको जिम्मेवारी पुरा नहुँदै प्रतिवेदन बुझाउने वा काम सम्पन्न गरेर मात्र प्रतिवेदन बुझाउने भन्ने सम्बन्धमा कार्यदलभित्रै देखिएको विवाद।

जे जति काम भएको छ, सोही अनुसार प्रतिवेदन बुझाउन केन्द्रीय सचिवालयले निर्देशन दिएको निर्देशन अनुसार प्रतिवेदन बुझाउने तयारी भएपछि सदस्यहरुले विरोध गरेका थिए।

कार्यदलको बैठक नबसी प्रतिवेदन नबुझाउन कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बेदुराम भूषाल र लेखराज भट्टले बुधबार (२३ माघ) गृहमन्त्रालय पुगेर गृहमन्त्री थापालाई दबाब दिएका थिए।

त्यसै अनुरुप आज कार्यदलको बैठक डाकिएको थियो। यसअघि सानेपास्थित समिट होटलमा बस्ने गरेको बैठक सिँहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको थियो।

बैठकमा कार्यदलको संयोजकसमेत रहेका गृहमन्त्री थापाले पार्टी सचिवालयले प्रतिवेदन मागेको र आफूले प्रतिवेदन तयार पारिसकेको ब्रिफिङ गर्दै ‘के गरौँ?’ भन्दै सदस्यहरुको राय मागेका थिए।

कार्यदलका कारण दिइएको काम सम्पन्न नभएको जिकिर गरेका सदस्यहरुले ‘प्रदेश कमिटी भन्दा तलका कमिटीबीचको एकताका विषयमा छलफल नै नभएको स्थितिमा कसरी प्रतिवेदन बुझाउनु हुन्छ?’ भन्ने प्रश्न थापासँग गरे।

‘प्रदेश कमिटीमा असहमति भयो भन्दैमा सबै विषयमा असहमति हुन्छ भन्ने छैन’ उनीहरुको भनाई थियो, ‘त्यसैले, अन्य कमिटीका विषयमा पनि छलफल गरौँ, अनि आवस्यक निर्णय गरेर प्रतिवेदन तयार पारौँला।’

प्रयास गरिए सहमति असम्भव नरहेको बताउँदै कार्यदललाई असफल बनाउन नहुनेमा जोड दिएका थिए। कार्यदल असफल देखिने गरी प्रतिवेदन दिइए आफूहरुको तर्फबाट समानान्तर प्रतिवेदन बुझाउने उनीहरुले बताएका थिए।

कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुवीर महासेठ अनुपस्थित ९ सदस्यीय कार्यदलको आजको बैठकमा सुरेन्द्र पाण्डे, बेदुराम भूषाल, योगेश भट्टराई, लेखराज भट्ट र बर्षमान पुनले यस्तो चेतावनी दिइएपछि बैठक भोलिका लागि पनि डाकिएको छ।

बैठकमा उपस्थित ७ मध्ये ५ सदस्यले यस्तो चेतावनीपछि गृहमन्त्री समेत रहेका कार्यदलका संयोजक थापाले आफूले तयार पारेको प्रतिवेदन अध्ययनका लागि सदस्यहरुलाई दिएका छन्।

कार्यदलका सदस्यहरुले थापाले तयार पारेको प्रतिवेदन अध्ययन गरेपछि भोलिपनि बैठक बस्नेछ। भोलि बस्ने बैठकले तत्काल प्रतिवेदन बुझाउने वा एकताको काम सकेर बुझाउने भन्ने निर्णय गर्नेछ।

स्थायी समितिको १३ पुषको बैठकले गठन गरेको कार्यदलको बैठक पहिलो पटक प्रम निवास बालुवाटारमा १६ पुषमा बसेको थियो। त्यसयताका ७ वटा बैठक समिट होटलमा भएका थिए।

तर गठन भइसकेको प्रदेश कमिटीकै विषयमा कार्यदलमा विवाद उत्पन्न भएपछि अन्य कमिटीहरुका विषयमा छलफल नै हुन सकेन। ७ वटा बैठक त्यसै विषयमा केन्द्रित भएपछि ७ माघदेखि कार्यदलको बैठक समेत बस्न सकेको थिएन।

प्रकाशित २४ माघ २०७५, बिहिबार | 2019-02-07 19:09:05
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...