सहसचिव पाण्डेकाे अभिव्यक्तिप्रति खानेपानी मन्त्रालयको आपत्ति


Kshamadevi Group


खानेपानी मन्त्रालय
खानेपानी मन्त्रालय

खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ।

मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ।

सहसचिव पाण्डेलाई नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भएपनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै मन्त्रालयले उहाँको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको स्पष्ट पारेको छ।

मन्त्रालयअन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दासमेत उनले नमानेको उल्लेख गर्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ।

सहसचिव पाण्डेले भने सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। रासस

प्रकाशित ८ माघ २०७५, मंगलबार | 2019-01-22 21:07:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...