प्रधानमन्त्रीलाई थापाको आग्रहः तपाईंको एक आदेशमा डा. केसीको माग सदनबाटै पूरा हुन्छन, अग्रसरता लिनूस्


Kshamadevi Group


गगन थापा
गगन थापा

नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले डा. गोविन्द केसीलाई कम्युनिस्ट विरोधी प्रमाणित गर्न खोज्नु अज्ञानता र अहंकारले प्रभावित दृष्टि दोष भएको बताएका छन्।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सांसद थापाले डा केसीलाई कम्युनिस्ट विरोध प्रमाणित गर्न खोज्नु गलत भएको बताए। उनले केसी एक सन्त र फकिर रहेको भन्दै उनले कांग्रेस, एमाले, अख्तियार, न्यायालय सबैसँग लडेको व्यक्तिलाई एक पार्टीको विरोधी देखाउन खोज्नु गलत भएको बताए।

डाक्टर केसीले चिकित्सा शिक्षा क्षेत्रलाई सही बाटोमा हिँडाउन खोजेको भन्दै त्यसलाई सहयोग गर्न मित्र र असहयोग गर्न उनका विरोधी भएको थापाको भनाइ थियो।

गोविन्द केसी एक सन्त हो फकिर हुन। जनताको स्वास्थ्यका बारेमा लाग्दा उनलाई सिंहरदरबारको तातो कुर्सीमा को हुन्छ उनलाई कहिल्यै चासो भएन’, उनले भने, ‘लोकमानका विरुद्ध लढदै गर्दा उनले उनी कांग्रेस, एमाले, माओवादी मिलेर गद्दीराहोण गराएका हुन भन्ने पनि उनले वास्ता गरेरनन्।’ 

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले केसी जनताको पक्षमा सबै पार्टीदेखि अख्तियार र न्यायालयका विरुद्धमा समेत लडेका कारण उनी कुनै पार्टीको विरोधी र कुनैको समर्थक नभइ जनताको भएको दावी गरे।

नेताहरुले उठाउनुपर्ने माग डा केसीले उठाएको भन्दै उनले त्यसलाई पूरा गर्नु सरकार र राजनीतिक दलको कर्तव्य भएको उनको भनाई थियो।

डा केसीकै आन्दोलनका कारण विदेशमा मेडिकल शिक्षा आर्जन गर्न जानेको संख्यामा समेत कमी आएको उनको दावी थियो। उनले नेपालमा मेडिकल कलेज कम भएका कारण विद्यार्थी विदेश पढन जान बाध्य भएको भन्ने भनाईको खण्डन गर्दै नेपालमै मेडिकल शिक्षा पढनका लागि कोटा खाली रहेको दावी समेत गरे। 

डा. केसीसँग भएको सम्झौतालाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याइएको भन्दै त्यसलाई सच्चाएर सम्झौता अनुसारकै विधेयक ल्याउन पनि प्रधानमन्त्रीलाई आग्रह गरे। 

डा. केसीसँग भएको सम्झौतालाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याइएको भन्दै त्यसलाई सच्चाएर सम्झौता अनुसारकै विधेयक ल्याउन पनि प्रधानमन्त्रीलाई आग्रह गरे। उनले प्रधानमन्त्री ओली आफैले गरेको सम्झौता अनुसार विधेयक बनाउन तयार हुने र अग्रसता समेत लिने विश्वास व्यक्त गरे।  

सा‌ंसद थापाले अनसनले केसीको स्वास्थ्य अवस्थामा गम्भीर भएको बताउँदै केसीलाई तलमाथि भए त्यो राष्ट्रिय लज्जाको विषय हुने बताए।

प्रकाशित ३ माघ २०७५, बिहिबार | 2019-01-17 14:37:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...