सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न


Kshamadevi Group


मूर्ति हातमा लिएका प्रम ओली
मूर्ति हातमा लिएका प्रम ओली
रोशन सापकोटा/रासस

२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन दरबार क्षेत्रको अवलोकन गरे।

प्रम ओलीले २०७२ सालको भूकम्पले पु¥याएको क्षतिपछिको पुनर्निर्माणबारे गरिएको ब्रिफिङ सुन्ने काम मात्र गरेनन् आफूलाई लागेका जिज्ञासा पनि सम्बद्धहरुसँग राखे।

भाइदेगा मन्दिरमा मौन
पाटन दरबार क्षेत्र प्रवेश गरेसँगै सबैभन्दा पहिला प्रम ओलीले ‘भाइदेगा मन्दिर’ को अवलोकन गरे।

झन्डै ३ सय ३९ वर्ष पुरानो मन्दिर ९० सालको भूकम्पका कारण ढलेको थियो। भूकम्पबाट क्षतिग्रस्त अन्य मन्दिरको पुनर्निर्माण गरिएपनि भाइदेगा मन्दिर भने ओझेलमा परेको थियो।

अन्य मन्दिर भन्दा तुलनात्मक रुपमा यो मन्दिरलाई केही बढी क्षति पुगेकाले पनि होला, पुनर्निर्माण वा नवनिर्माण हुन सकेको थिएन।

सो क्षेत्रमा कुनैबेला सबैभन्दा अग्लो मानिने भाइदेगा मन्दिरको निर्माण कार्य भने बल्ल सुरु भएको छ।

मन्दिर निर्माणका पहलकर्तामध्येका एक पत्रकार कनकमणि दीक्षितले प्रम ओलीलाई सोही मन्दिरबारे ब्रिफिङ गरेका थिए।

प्रम ओली एकातिर दीक्षितको कुरा गम्भीरतापूर्वक सुनिरहेका थिए, सँगसँगै मन्दिर निर्माणस्थलमा सिकर्मीले कलात्मक रुपमा कुँदेरका मूर्तितर्फ आँखा लगाइरहे।

दीक्षितले आफूहरुले हेनरी ओल्डफिल्डले सिसाकलमले तयार पारेको पुरानो तस्वीर फेला पारेपछि मन्दिरलाई सन् १६७९ कै आकारमा निर्माण गर्न लागेको जानकारी प्रम ओलीर्ला गराएका थिए।

दीक्षितको यो विवरण प्रमले निकै चाखपूर्वक सुने। तर, कुनै प्रतिक्रिया भने जनाएनन्।

भाइदेगा मन्दिर निर्माणका संरक्षक संस्कृतिविद् सत्यमोहन जोशी हुन् भन्ने जानकारी पनि उनलाई गराइयो।

निर्माणस्थलमा टाँसिएका मन्दिरका पुराना तस्वीरपनि उनले चाखपूर्वक अवलोकन गरेका थिए।

मणिमण्डप पुगेर रोकिए
प्रम ओली भाइदेगा मन्दिर निर्माणबारे जानकारी लिएपछि अन्य मन्दिरहरुको अवलोकन तथा निरीक्षण गर्न थाले। उनले चार नारायण, श्रीषेश्वर, हरिशंकर र कृष्ण मन्दिरको पनि निकै चाखपूर्वक अवलोकन गरे।

उनलाई पुरातत्वविद् रोहित रञ्जित, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र पुरातत्व विभागका निवर्तमान महानिर्देशक दामोदर गौतमले मन्दिर निर्माणबारे ब्रिफिङ गरेका थिए।

उनीहरुको कुरा सुन्दै प्रम ओलीले केही प्रश्न तथा जिज्ञासा पनि राखिरहेका थिए। यसैक्रममा उनी उनी मणिमण्डप अगाडि पुगेर टक्क रोकिए।

एकछिन मण्डपको अवलोकन गरेपछि नजिकै रहेका पुरातत्वविद् रोहित रञ्जितसँग सोधे, ‘यसको माथिको स्पेश खोई त?’

रञ्जितले ‘माथि कुनै स्पेश छैन, खाली नै हो’ भने। त्यसपछि ओली आफै मणिमण्डप नजिकै पुगे।

मण्डपलाई एकछिन मज्जैले नियाले। त्यहाँ राखिएका केही तस्वीर हेरे। अनि टाउको हल्लाउँदै त्यहाँबाट अघि बढे।

मूर्ति हातमा लिएपछि
प्रम ओली त्यहाँबाट सरासर पाटन दरबार संग्रहालय परिसरतर्फ लागे। एकछिन सुन्दरी चोकमा उभिएर गफिए। त्यसपछि त्यस परिसरको अवलोकन गर्न थाले।

अवलोकनकै क्रममा उनको आँखा सिकर्मीले कुदेको एउटा मूर्तिमा प¥यो। उनले त्यो मूर्ति मागे, आफ्नो हातमा लिए। त्यसलाई मज्जाले नियाले।

ओल्ट्याई पल्टाई गरेर हेरेपछि प्रश्न गरे, ‘यो किन पुरै नयाँ नबनाएको ?’

खासमा ओलीले हातमा लिएको मूर्ति पूर्ण नभएर एक भाग (टुक्रा)मात्र थियो। अपूर्ण मूर्ति भएकाले प्रम ओलीले त्यस्तो जिज्ञासा राखेका थिए ।

ब्रिफिङ टोलीले प्रम ओलीलाई पुनर्निर्माण कार्यको अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी गराएको थियो।

सो मापदण्डअनुसार क्षति भएको भागमात्र नयाँ बनाउने भन्ने रहेछ। मूर्ति धेरै पुरानो भएकाले बचेको भागको संरक्षणका लागि यसो गरिएको भन्ने जानकारी प्रम ओलीलाई गराइयो।

यो कुराले प्रममा थप जिज्ञासा जन्मायो। ‘यसो गर्दा बलियो हुन्छ कि हुँदैन ?’ भन्दै उनले प्रतिप्रश्न गरे।

‘पूर्ण भागलाई इन्टरलक गरिएको हुन्छ, तर, भाँचिएकोलाई त्यसो गर्न मिल्दैन’ टोलीले प्रम ओलीलाई भन्यो, ‘नमिल्ने हुँदा पहिलेको भन्दा केही कमजोर त हुन्छ नै।’

प्रमलाई विश्वस्त पार्न इन्टरलक गर्न नमिल्ने भएपनि कुनै नयाँ प्रविधिको प्रयोग गरेर बलियो बनाउनेबारे पनि जानकारी गराइएको थियो।

टोलीको कुरा सुनेपछि प्रमले दुई–तीनपटक टाउको हल्लाए। त्यसपछि त्यहाँबाट पनि अगाडि बढे ।

बगैँचामा चासो
संग्रहालय परिसरको पछिल्लो भागमा (सुन्दरी चोक पछाडि) एउटा ठूलो ठाउँ खाली छ। बगैँचा रहेको सो ठाउँ प्रयोगबिहीन पनि छ। पर्यटकहरु त्यहाँ जान पाउँदैनन्।

त्यसलाई कसरी प्रयोगमा ल्याउने भनेर सम्बन्धित पक्षले ‘मास्टर प्लान’ बनाएको रहेछ। प्रम ओलीले त्यसबारे पूर्णरुपमा जानकारी लिए।

ब्रिफिङ टोलीले सो खाली ठाउँ प्रयोगमा ल्याउन आकर्षक बगैँचा निर्माणको योजनाबारे ओलीलाई जानकारी गरायो।

बगैँचालाई चिटिक्क पारेर पर्यटकलाई पनि प्रवेश गर्न दिने विशेष योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो।

संग्रहालय बन्द भएपछि पनि राति ८ बजेसम्म बगैँचाको अवलोकन गर्न, त्यहीँ बस्न, आराम गर्न मिल्ने गरी प्रयोगमा ल्याउँदा कसो होला? भनेर टोलीले प्रमसामु कुरा राख्यो।

प्रम ओलीले उत्तर दिए, ‘राम्रो हुन्छ।’

त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ।

तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन उभिएर प्रमले मज्जाले नियाले।

टोलीले पोखरीबारे जानकारी दिइरहँदा उनले निकै आनन्द मानिरहेका थिए।

फूर्तिला देखिए
प्रम ओलीले पाटन दरबार क्षेत्रमा पुरा एक घण्टा बिताए। तर, दरबार क्षेत्रमा प्रवेश गर्दा जुन जोश–जाँगर उनमा थियो, फर्कदा त्यसमा कत्ति कमि या ह्रास आएको देखिएन।

प्रमले दरबार परिसरको सरसर्ती अवलोकनमात्र गरेनन्, संग्रहालय परिसरमा माथिल्लो तला उक्लिए पनि।

उनले काठको ठाडो भ¥याङ सहजै चढे। विभिन्न ठाउँमा तल–माथि गरे। उनको यस्तो फूर्ति प्रमको स्वास्थ्य कमजोर छ भन्नेका लागि गतिलो झापट सावित भइदियो।

प्रमको यस्तो तागत देखेर सबै दंग परे। प्रमको स्वास्थ्यलाई लिएर विभिन्न समाचार बाहिर आइरहेका बेला उनले आफू स्वस्थ र फूर्तिलो प्रमाणित समेत गरे।

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 19:45:18
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...