डा. गोविन्द केसीको अनशनका बीच संसदमा पेश हुँदै चिकित्सा शिक्षा विधेयक



इलाममा अनशनरत डा. गोविन्द केसीको असहमतिका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आइतबार संसदमा पेश हुने भएको छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले गत बुधबार बहुमतले पारित गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुने भएको हो।

संसद् सचिवालयका अनुसार मध्याह्न १२ बजे बस्ने बैठकमा उक्त विधेयक पेश गर्ने कार्यसूची छ।

समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागू भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामूलक हुने व्यवस्था समेटिएको छ। यसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने फरक मत राखेको थियो।

सरकारले आफूसँग गरेको सहमतिविपरीत जनमुखि बुँदा हटाई माफियामुखि बनाएर विधेयक तयार पारेको भन्दै डा. केसी गत बुधबारदेखि १६औं सत्याग्रहमा छन्।

अनशनको पाँचौ दिन जारी रहँदा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ। उनको शरीरमा ग्लुकोजको मात्रा घटेकाले उनलाई शौचालय जान पनि समस्या हुन थालेको उपचारमा संलग्न चिकत्सकले बताएका छन्।

नेपाल चिकित्सक संघले डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरेर उनको जीवनरक्षा गर्न माग गरेको छ।

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 09:42:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...