‘एकताको भाषण गर्दै थिएँ, पार्टी फुटेको म्यासेज आयो’




विवेकशील साझाका केन्द्रीय नेताहरु
विवेकशील साझाका केन्द्रीय नेताहरु

शनिबार दिउँसो दुई बजे विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताहरु एकअर्कासँग हात मिलाउँदा मुस्कुराई त रहेका थिए तर उनीहरुको ओठमा मुस्कान भने खुलेको थिएन।

शुक्रबारमात्रै दुई संयोजकमध्येका एक उज्वल थापाले १६ जना केन्द्रीय सदस्यहरुसहित पार्टी फुटाएपछि कार्यकर्ता अन्य दिन झै खुसी र उत्साहित थिएनन्। विवेकशील साझा छाडेर विवेकशील नेपाल दल दर्ताका लागि निवेदन दिएका उज्वल थापा भने सोही समयमा माइतीघरमा डा.गोविन्द केसीको समर्थनमा भइरहेको प्रदर्शनमा सामेल थिए। सोही कुरा कोट्याउँदै प्राङ्गणमा उपस्थित एक कार्यकर्ताले जम्मा भएको एक हुलमा रमाइलो गर्दै भने, ‘माइतीघर त उज्वल दाईको नै हो।’

उनले दुवै पार्टी(विवेकशील र साझा)को एकता अघि विवेकशील माइतीघरमै सीमित रहेको र अहिले पनि माइतीघरमा पुगेको भन्दै कटाक्ष गरेका थिए। प्रांगणमा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भने कार्यकर्तालाई सान्त्वना दिइरहेका थिए। एक पत्रिकामा वाइड बडी प्रकरणभन्दा अघि विवेकशीलमा आएको फाटोले प्राथमिकता पाएकोमा उनी रमाइलो गर्दै भन्दै थिए, ‘वाइड वडी भन्दा चर्चित हामी भइसकेछौं।’

केन्द्रीय समितिका सदस्यहरु अन्तक्र्रियाअघि सानो छलफल भन्दै भित्र पसे। लगत्तै स्वयमसेवकहरु प्राङ्गणमा कुर्सीहरु मिलाउँन थाले। यसअघि सभाहलमा हुने भनिएको कार्यक्रम प्राङ्गणमै हुने भएछ भन्ने बुझेर उपस्थितहरु पनि आ–आफ्नो स्थान सुरक्षित गर्न लागे।

कार्यकर्ता र सञ्चारकर्मीहरु बसिसकेपछि विवेकशीलका संयोजक रविन्द्र मिश्रसहित नेताहरु सूर्यराज आचार्य, मुमाराम खनाललगात न्याउरो अनुहारका साथ भित्रबाट निस्किए।

‘हिजो साँझमात्रै सानो समयमा हामीले आजको कार्यक्रमको घोषणा गरेका थियौं। उपस्थिती कम होला भनेर हामीले भित्र हलमा कार्यक्रम गर्ने निधो गरेका थियौं तर यहाँहरुको यत्रो उपस्थितीले हामीलाई हौस्याएको छ। त्यही भएर हामी बाहिर कार्यक्रम गर्दैछौं। हाम्रो पछाडी(ब्याकड्रप)मा केही पनि छैन् किनभने हामीलाई थाहा छ। हाम्रो मनमा छ, विवेकशील साझा।’

उद्घोषिकाले यति भनेपछि भने अघिल्तिर बसेका नेताहरुको मुहार केही उजिलियो र पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिन प्रवक्ता आचार्य अघि सरे।

एकताको भाषण गर्दागर्दै पार्टी फुटेको म्यासेज

आचार्य विवेकशील र साझा पार्टीलाई एक बनाउने सूत्राधारमध्येका एक हुन्। तर, पार्टी फुटेको म्यासेज भने उनले एकताको भाषण गर्दागर्दै पाएका थिए।

‘पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा हामीलाई गोर्खा निम्त्याइएको थियो,’ पार्टी फुटेको खबर थाहा पाउँदाको क्षण बताउँदै आचार्यले भने, ‘म गोर्खामा एकताको भाषण गर्दै थिएँ। म भाषण गर्दागर्दै संयोजक (रवीन्द्र) ज्युको पार्टी फुट्यो भन्ने म्यासेज मलाई आयो।’

पार्टी फुट्ला भन्ने कुनैपनि संकेत आफूहरुले पहिले कहिलै नपाएको र त्यो खबर साच्चकै आश्चार्यजनक भएको भन्दै उनी भक्कानिए। 'बिहान चिया पसलमा हामी बैकल्पिक पार्टी हो, फरक र्छौ भन्दै गर्दा पार्टी फुटेको खबर आउँदा कति दुःखदायी होला' भन्दै भक्कानिएका आचार्यलाई मिश्रले सम्हाले।

थापाले एकाङ्कीका हिसाबले पार्टीको समीक्षा गरेको उनको आरोप थियो। आफूहरुले त्यसो नगर्न ‘फिडब्याक’ दिएपनि उनले पार्टीको केन्द्रीय कमिटीमा उनको समीक्षा पुग्नुअघि मिडियामा गएको र पार्टीमा छलफल हुनुअघि अखबारका पाना र टेलिभिजनका स्टुडियोमा छलफल गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएकोप्रति दुखेसो पोखे।

केही व्यक्तिहरुमात्रै पार्टीमा हावी भएको भन्ने थापा समूहको आरोपलाई नकार्दै उनले त्यसो नभई केही सदस्यहरु बढी सक्रिय भएको बताए। ‘जिम्मेवारी र दायित्व सवैको बराबरी थियो,’ उनले भने, ‘क्रियाशीलतामा भने फरक थियो। केही व्यक्तिहरु पार्टीमा बढी सक्रिए भए होलान् केही कम। उहाँहरुले बढी सक्रिय भएका व्यक्तिहरुलाई हावी भएको देख्नुभयो।’

पहिलेदेखि नै पार्टी फुटाउने समूह सक्रिय

पार्टी संयोजक रवीन्द्र मिश्रले पार्टी फुटेको आफूहरुले मिडियाबाट थाहा पाएपनि पहिलेदेखि नै पार्टी फुटाउने समूह सक्रिय रहेको प्रमाण पेश गरे।

उनलाई प्राप्त स्क्रिनसट सुनाउँदै उनले भने, ‘कतिपय व्यक्तिहरुले फेसबुकमा ग्रुपमा खेलेर नै विवेकशीललाई साझाबाट अलग गराउनुपर्छ भन्ने लविङ पहिलेदेखि नै गरिसकेका रहेछन्। जसमा उनीहरुले उज्वलले समीक्षा पत्र लेख्दै नेतृत्व लिएको र यसैबेला विवेकशीललाई व्युताउँनुपर्छ भनेर पोस्टिएको सन्देशसहितको स्क्रिनसट अहिले हाम्रो हातमा परेको छ।’

थापासमूहले लगाएको आर्थिक अपारदर्शिताको आरोपलाई उनले निराधार भएको भने। ‘उहाँहरुले लगाउँनु भएको आरोपको अहिलेसम्म मैले कुनैपनि पत्रपत्रिकामा जवाफ दिएको छैन्। म घरभित्रको विमति चौतारीमा छताछुल्ल पार्ने पक्षमा छैन्,’ मिश्रले भने, ‘उनीहरुले आर्थिक पारदर्शितासँगै अन्य धेरै आरोप लगाइएका छन्। मैलेपनि आरोप लगाए भने धेरै आरोपहरु लगाइनसक्छन् तर म त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन्। मलाई तपाईहरुले बेस्कन उस्काउँनु भयो भने पनि त्यो काम गर्दिन। हाम्रो कोष संकलन विभागले उठाएको हरेक रकमको खर्च विवरण वेवसाइटमा राखिएको छ। त्यो भन्दा पारदर्शिता के हुन्छ?’

मिश्रले पार्टी फुटेपछि सम्पति बाँडफाँडको कुरा प्राविधिक र कानुनी भएको भन्दै आफूहरुले त्यसबारे बुझेपछिमात्रै सम्पति बाडँफाँडबारे बताउँन सकिने बताए।

नेपाली समाज र धरातल नै जुनसुकै पार्टीमा या संस्थामा प्रतिबिम्वत हुने भन्दै मिश्रले वैकल्पिक पार्टी निर्माणका क्रममा आफूहरुमा समेत प्रतिकुलता देखिएको बताए। ‘२०४६ सालपछि धेरैले वैकल्पिक पार्टी निर्माणमा प्रयास गरे तर सफल भएनन। हामी भने उनीहरुमा देखिएका प्रतिकुलताबाट माथि उठ्औं भनेर लागेका थियौ तर यो जटिलता आयो। यसले हाम्रो यात्रा कुनैपनि हालतमा रोकिदैँन।’

भिडियो:

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 18:12:16
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।