बढी योगदान गर्न सकिन्छ भनेर छुट्टिएका हाैं: मिलन पाण्डे (अन्तर्वार्ता)



मिलन पाण्डे
मिलन पाण्डे

राजनीतिक सिद्धान्तलाई कारण देखाउँदै विवेकशील साझा पार्टी फुटेको छ। २०७४ साउन ११ मा तत्कालीन विवेकशील र साझा दुई फरक–फरक दल एकीकरण भएर विवकेशील साझा गठन भएको थियो। एउटै चुनाव चिन्हमा प्रदेश र संसदीय निर्वाचनमा सहभागिता जनाएको यो दल कसरी फुट्नु पर्ने अवस्थामा पुग्यो? दल विभाजनको नेतृत्व गर्ने मध्येका एक नेता मिलन पाण्डेसँग नेपालखबरले गरेको कुराकानीः

भरपर्दो वैकल्पिक राजनीतिक दल हौं भन्नुहुन्थ्यो पार्टी त फुटाउनु भयो त?
यसमा केही कारणहरु रहे। राजनीतिक सिद्धान्त जे हो त्यतातिर पार्टी नेतृत्व हिँड्न सकेन। यो मैले लगाएको आरोप होइन यसमा तथ्यहरु छन्। हाम्रो पार्टीको सिद्धान्त नै सहभागितामूलक सामूहिक नेतृत्व भन्ने हो। नेतृत्वमा रहेको एउटा पक्ष यो लागू गर्न पूर्णतः असफल रह्यो। हामी पाँच वर्षदेखि सक्रिय राजनीति छौं। टिमवर्कले नै यो राजनीतिक मैदान खडा गरेको हो। त्यो टिमवर्क कस्तो भने हामी अंगुरको झुप्पो जस्तो हौं। तर उहाँ (रवीन्द्र मिश्र) हरुले त्यसलाई स्याउजस्तो ठान्नुभयो, पूर्णत व्यक्ति केन्द्रित। हामी पहिलैदेखि सदस्यप्रति लचिलो हुनुपर्छ भन्नेमा थियौं, ग्रामीण भेगसम्म संगठन पुर्याउनुपर्छ भन्नेमा थियौं। दाउपेचको राजनीति, खल्तीबाट नेता जन्माने जस्ता काम पार्टी भित्र सुरु भए।

पुराना पार्टीहरुले हाकाहाकी जनहित विरोधी काम गर्दा हामी त्यसको खबरदारी गर्छौं भन्नुहुन्थ्यो, तपाइँहरुमा पनि अन्ततः पुरानै रोग देखियो नि होइन?
यसलाई त्यसरी लिन मिल्दैन। जनताप्रति हाम्रो जे आशा थियो त्यो पूरा हुन नसक्ने अवस्था पार्टी पुग्यो। सँगै हुनुभन्दा अलग हुँदा बढी योगदान गर्न सकिन्छ भन्ने लागेर छुट्टिएका हाैं। हाम्रो पार्टीमा दुई संयोजक हुनुहन्छ, रवीन्द्र मिश्र र उज्जवल थापा। पार्टीभित्र दुवैको हैसियत बरारबी हो। तर उहाँ (रवीन्द्र मिश्र) हरु छलफलै नगरी केन्द्रीय सदस्य थप गर्ने, अर्का संयोजकको राजनीतिक प्रस्ताव केन्द्रीय समितिमा छलफल नै हुन नदिने, आफूखुशी केन्द्रीय सदस्य थप गर्दै हिँड्ने स्थिति बनेपछि स्थिति सहज रहेन। यो त पार्टी हो बाबा त्यो पनि सामूहिक र सहभागितामूलक नेतृत्वको सिद्धान्त अंगालेकाे तर व्यवहारमा त्याे कतै देखिएन। 

फुटपछि त्यसले तपाइँहरुको संगठनभित्र पुग्ने क्षति, बाह्य राजनीतिमा पार्ने असर विश्लेषण गर्नुभएको छ?
त्यो विश्लेषण गरेरै यो सबै काम गरेका हौं। अहिलेको एकीकृत विवेकशील साझा पार्टीको हैसियतमा पुग्न हामीलाई ४–५ वर्ष लाग्छ। हामी त्यसका लागि काम गर्न तयार छौं। राजनीति एउटा कन्भिक्सन हो त्यो पूरा गर्न हामीले विभाजन रेखा कोर्नुपरेको हो। यस विषयमा धेरै बोलेर भन्दा पनि गरेर देखाउनु पर्ने चुनौती हामीलाई छ। त्यो हामी पूरा गर्छौं।

फुटेको अवस्थामा पार्टीका कति सदस्य तपाइँहरुसँग आउनुहोला? गणना गर्नुभएको छ?
विवेकशील साझाका ३५ केन्द्रीय सदस्यमध्ये १६ जनाले आफैँ हस्ताक्षर गरेर निर्वाचन आयोगमा निवेदन दिइसकेका छौं। त्यो संख्या भनेको ४२ प्रतिशत हो। तर यसको मतलब उता (रवीन्द्र मिश्र पक्ष) तर्फ ५८ प्रतिशत साथीहरु छन् भन्ने होइन। प्रदेश सभाका तीन सांसदमध्ये दुई हाम्रो पक्षमा हुनुहुन्छ। हामी दुई तिहाई हाराहारी पुग्छौं होला।

भर्खर–भर्खर विस्तार भएका प्रदेश र जिल्ला संगठनहरुमा पनि विभाजन भयो होला, त्यहाँ कसको पकड छ?
७ प्रदेश र करिब ३५ जिल्लामा हाम्रो संगठन विस्तार भएको छ। यो विषयमा हामीले गृहकार्य गरिरहेका छौं। राजनीतिक चेत भएका सहभागितामूलक नेतृत्व, संगठनमा विश्वास गर्ने साथीहरु हाम्रो साथमा हुनुहुन्छ। प्रदेश तीनको तीन सांसदमध्ये २ हाम्रो पक्षमा हुनुहुन्छ।

फुटेपछि बन्ने नयाँ पार्टीको नाम के रहन्छ त?
त्यसको प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगमा दिएको निवेदनमा विवकेशील नेपाली दल भन्ने उल्लेख गरेका छौं। तर विवकेशील साझा नामै हामीले पाउने अवस्था पनि आउन सक्छ।

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 10:27:03
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...