‘उज्वल थापाहरुको धोकापूर्ण कार्य’- विवेकशील साझा(विज्ञप्तिसहित)




संयोजक उज्वल थापासहितको समूहले नयाँ पार्टी दर्ता गर्ने कार्यलाई विवेकशील साझाले धोकापूर्ण कार्यका रुपमा अर्थ्याएको छ।

थापाको नेतृत्वमा एक समूह शुक्रबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएपछि विवेकशील साझा पार्टी एकता भएको डेढ वर्षमै विभाजित हुन पुगेको हो।

११ साउन २०७४ मा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीकाबीच एकता भई बनेको विवेकशील पार्टीबाट पूर्व विवेकशील नेपाली समूह बाहिरिएको हो।

यो पनि: यी हुन् विवेकशील साझा फुट्नुका सात कारण 

रमेश पौड्याल, विराट भट्ट श्रेष्ठ, रन्जु दर्शना, डा अनुषा थापा, सुबुना बस्नेत, गोविन्द नारायण, पुकार बम, अर्जुनसिंह ठकुरी, साधना राई, शक्ति विक्रम कार्की, अजिता राई, जीवन श्रेष्ठ, आशुतोष तिवारी, ज्ञानेन्द्र निरौला र मिलन पाण्डे लगायतका विवेकशील साझाका केन्द्रीय सदस्यहरु शुक्रबार नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग पुगेका थिए।

विवेकशील साझाले एक विज्ञप्ति जारी गर्दै उज्वल थापा समूहको उक्त कार्यलाई वैकिल्पक पार्टी निर्माणको अभियानमा आघात पुगेको र धोकापूर्ण कार्य भएको बताएको छ। 

पार्टीका प्रवक्त सुर्यराज आचार्यले जारी गरेको विज्ञप्ति यस्तो छ:

विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ।

विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ। निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए।

पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।

पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ।

तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो। पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ। उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।

यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तिव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।

हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ।

विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरी देशको नेतृत्वदायी भूमिकामा पुर्याउने कुरामा हामी दृढ संकल्पिक छौं। हामीलाई संधैझैं माया गर्ने मतदाता, सुभेच्छुक सुभचिन्तक तथा आम सदस्यहरुसंग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौं। विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ। नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौ।

डा. सूर्यराज आचार्य प्रवक्ता, विवेकशील साझा पार्टी


प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 19:45:31
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।