यी हुन् विवेकशील साझा फुट्नुका सात कारण



संयोजकमध्येका एक उज्वल थापाको नेतृत्वमा एक समूह शुक्रबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएपछि विवेकशील साझा पार्टी एकता भएको डेढ वर्षमै विभाजित हुन पुगेको छ।

११ साउन २०७४ मा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीकाबीच एकता भई बनेको विवेकशील पार्टीबाट पूर्व विवेकशील नेपाली समूह बाहिरिएको हो।

रमेश पौड्याल, विराट भट्ट श्रेष्ठ, रन्जु दर्शना, डा अनुषा थापा, सुबुना बस्नेत, गोविन्द नारायण, पुकार बम, अर्जुनसिंह ठकुरी, साधना राई, शक्ति विक्रम कार्की, अजिता राई, जीवन श्रेष्ठ, आशुतोष तिवारी, ज्ञानेन्द्र निरौला र मिलन पाण्डे लगायतका विवेकशील साझाका केन्द्रीय सदस्यहरु शुक्रबार नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग पुगेका थिए।

केही दिन अघि थापाले ‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षकमा पार्टी सदस्यलाई पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा आफ्ना विमतिहरु राखेका थिए।

सोही प्रतिवेदनमा थापाले उल्लेख गरेका पार्टीका समस्याहरुलाई पार्टी फुट्नुको मुख्य कारण मानिएको छ।

ती कारण यसप्रकार छन्ः

१. पार्टीले होश र जोसलाई अँगाल्न सकेन

२. परिपाटी बसाल्ने पार्टी बनाउने चासो कम देखिएको

३. दलले गति लिन नसेकेको र ढंग पनि पर्याप्त नदेखिएको

४. चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको

५. डरको राजनीति हावी भएको

६. ‘सिरियल सर्किट’ मा चल्न रुचाउने प्रवृति हावी भएको

७. कमजोरीमा केन्द्रित वातावरण बनेको

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 18:12:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।