‘ओली र प्रचण्ड जेटका पाइलट होइनन्, रेलका ड्राइभर’

निधिलाई प्रचण्डको जवाफः हामीले राम्रो गर्न नसके, अर्कोपटक तपाईंहरु सरकारमा



कार्यक्रममा प्रचण्ड र निधि
कार्यक्रममा प्रचण्ड र निधि

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफूलाई ‘जेटको पाइलट’ भनेको विषयमा प्रचण्ड र कांग्रेस नेता बिमलेन्द्र निधिबीच रमाइलो सवाल–जवाफ भएको छ।

एमाले–माओवादी केन्द्रबीच एकता भएपछि दुईजना अध्यक्ष किन बनाइयो भन्ने सम्बन्धमा ओलीले भनेका थिए, एकता पछि नेकपा जेट विमान जस्तो ठूलो भयो, त्यसैले जेटमा जस्तै दुईजना पाइलट (अध्यक्ष) राख्नु परेको हो।

निधिको व्यङ्ग
शुक्रबार (२७ पुष) बाट सुरु भएको दोस्रो आरुघाट (महोत्सव) को उद्घाटन कार्यक्रममा प्रचण्ड र निधि सहभागी भए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सरकारको गतिहिनताप्रति टिप्पणी गर्दै निधिले भने, ‘ओलीले आफू र प्रचण्डजीलाई जेटको पाइलट भन्नुभएको थियो। होइन रहेछ। एकजना जहाजको पाइलट र अर्को रेलको ड्राइभरमात्र हुनु हुँदो रहेछ।’

प्रमुख अतिथिका रुपमा जब प्रचण्डले बोल्ने पालो आयो, उनले निधिले गरेको गरेको व्यङ्गको जवाफ दिए। ‘ओलीजीले पार्टी एकताका सन्दर्भमा टेम्पो र जेटको प्रसङ्ग ल्याउनु भएको थियो। एकतापछि टेम्पो जस्तो एउटा ड्राइभर होइन, जेटमा जस्तो दुईटा पाइलट चाहिन्छ भन्नुभएको हो।’

यो प्रसङ्ग उल्लेख गरेपछि प्रचण्डले ‘दुईटा पाइलट (ओली–प्रचण्ड) बीच ‘रिफ्ट’ (विवाद) बढोस् भन्ने चाहनाका साथ निधिले त्यसो भनेको भए उनको त्यो चाहना पुरा नहुने बताए। उनले भने, ‘राम्रै नियतले भन्नु भएको हो भने चाहिँ धन्यवाद छ।’

त्यसपछि उनी सरकारका काम–कार्वाहीबारे प्रवेश गरे। ‘कमजोरी छ भने सच्याउन तयार छौँ’ उनले थपे, ‘सरकारमा रहेर हामीले राम्रो काम गर्न सक्यौँ भने अर्काे चुनावपछि पनि हामी नै आउँला। हामीले राम्रो गरेनौँ भने अर्काे आउने भनेको कांग्रेस नै हो। त्यसैले, नेपाली कांग्रेसका नेताहरुले अहिले नै धेरै टेन्सन नलिए हुन्छ।’

‘आरुघाट माइति’
सक्रिय राजनीतिमा हाम्फाल्नुअघि प्रचण्ड आरुघाटस्थित भीमोदय माविमा कृषि विज्ञानका शिक्षक थिए। आरुघाट छाडेर चितवन फर्केको केही समयपछि नै उनी राजनीतिमा सक्रिय रुपमा लागे। र, भूमिगतपनि भए। त्यसैले आरुघाटमा हुने महत्वपूर्ण कार्यक्रममा प्रचण्ड निम्त्याइन्छन्।

जब आफू बोल्ने पालो आयो, प्रचण्ड भावुक भए। ‘आरुघाट भनेपछि मलाई माइत हिँड्न लागेको चेलीलाई जस्तो हुन्छ,अरुबाट निम्तो आयो भनेपनि सकभर आरुघाट नै आउन खोज्छु’ उनले भने, ‘मेरो उर्जाशील उमेर यहीँ बितेको हो, यहाँबाट छाडेर गएपछि म राजनीतिमा सक्रिय भएको हुँ।’

‘म यहाँ शिक्षक हुँदा उतातिर सल्यानटारमा विभिन्न कार्यक्रम हुन्थ्यो, ती कार्यक्रममा म रातभरि नाचेको थिएँ’ उनले सम्झे, ‘म यहाँका मेलापातमा, चाडपर्वहरुमा सहभागी हुन्थेँ।’ उनले निर्माणधीन बुढीगण्डकी आयोजनाबाट विस्थापितहरुलाई छिट्टै मुआब्जा बाँड्न आफूले पहल गर्ने विश्वास पनि दिलाए।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 16:41:08
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।