तिब्बत सरकार प्रमुखको प्रतिवेदनः यसै वर्ष तातोपानी नाका पुनः संचालन



तिब्बत सरकार प्रमुख छी चाला
तिब्बत सरकार प्रमुख छी चाला

चीनले तिब्बत र नेपालबीचका नाकाहरूमा अझै स्तरोन्नति गरेर व्यापारिक सम्पर्कलाई तीव्र बनाउने भएको छ।

बिहीबारदेखि शुरू भएको तिब्बत स्वायत्त प्रदेश ११औं राष्ट्रिय जनकांग्रेसको दोश्रो पूर्णअधिवेशनमा प्रदेश सरकार प्रमुख छी चालाले प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको छ।

थाहा भएअनुसार तिब्बतको चाङ्मु अर्थात् तातोपानी नाका पुनः संचालन गरिनेछ। २०७२ वैशाखको भूकम्पपछि क्षतिग्रस्त भएर अवरूद्ध भएको सो नाका पुनः संचालनमा ल्याउन चीनले पनि तीव्रताका साथ काम अघि बढाइरहेको छ।

तिब्बतको सीमा क्षेत्रको बजारमा अघिल्लो वर्षको तुलनामा व्यापार १.८ प्रतिशतले बढेर ४ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ। नाका खुलेपछि सीमा व्यापार थप बढ्ने अपेक्षा छ। यसका लागि तिब्बतले अरू नाकाहरू पनि स्तरोन्नति गर्ने जनाएको छ।

छी चालाद्वारा प्रस्तुत सरकारी कार्य प्रतिवेदनमा सन् २०१८ मा नेपालसँग मिलेर विभिन्न कार्यक्रम गरियो। उनले प्रथम ट्रान्स हिमालय, बेल्ट एण्ड रोड इनिसियटिभ सहयोग मञ्च, दक्षिण एशिया मानक मञ्च, १६औं चीन–नेपाल व्यापार मेलाहरू संयोजन गरिएको बताए। निरन्तर रूपमा नेपालसँग आदानप्रदान भैरहेको बताउँदै उनले भविष्यमा यो क्रमलाई अझै तीव्रता दिइने पनि बताएका छन्।

नेपालमा सन् २०२० मा पर्यटन वर्ष मनाउने तयारी भैरहेका बेला छिमेकी तिब्बतले पनि यस वर्ष अधिकाधिक विदेशी पर्यटक भित्र्याउने रणनीति अघि सारेको छ। त्यसका लागि तिब्बतले विदेशी पर्यटक प्रवन्ध नियमावलीमा संशोधन गर्नेछ।

सरकार प्रमुख छी चालाले तिब्बत प्रवेश गर्नका लागि लाग्ने अनुमति समयलाई अझै कटौती गरेर तीव्र पारिने बताए। अनुमति समय ५० प्रतिशत कम गरेबाट ५० प्रतिशत विदेशी पर्यटकले तिब्बत भ्रमण गर्नेसक्ने तिब्बतको अपेक्षा छ।

यस वर्ष तिब्बतमा विदेशी पर्यटकका लागि सेवाको गुणस्तर अभिवृद्धि गरिनेछ भने खुलापन विस्तारमा अझै जोड दिइनेछ। तिब्बतमा सन् २०१८ मा ३ करोड ३० लाखभन्दा बढी पर्यटकले यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा साढे ३१ प्रतिशतले बढी हो।

पर्यटनबाट भएको आम्दानी अघिल्लो वर्षको २९.२ प्रतिशतबाट बढेर ४९ अरब चिनियाँ युआन पुगेको छ। यस वर्ष अर्थात् सन् २०१९ मा तिब्बतले १ लाख ५० हजार नागरिकलाई गरिबीको रेखाबाट माथि उकास्ने लक्ष्य राखेको छ।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 12:32:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...