राजीनामा दिन लक्कीलाई ३० पुससम्मको ‘अल्टिमेटम’, नदिए त्यसपछि बर्खास्त



लक्की शेर्पा
लक्की शेर्पा

सोमबार (३० पुस) सम्म जिम्मेवारीबाट आफै राजीनामा नदिए त्यसपछि बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्ने भएको छ।

स्रोतका भनाईमा, राजदूत शेर्पा आफैले केही दिनको समय माग गरेपछि उनलाई सोमबार सम्मको समयावधि दिइएको हो।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विहीबार (२६ पुष) आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली (प्रम समेत) र पुष्पकमल दाहाल (प्रचण्ड) ले राजदूत शेर्पालाई कुनै निकास दिन भनेको बताएका थिए।

‘राजदूत शेर्पा कुटनीतिक व्यक्ति मात्र नभएर राजनीतिक सम्बद्धता भएको व्यक्ति हो’ बास्कोटाले भनेका थिए, ‘यो विषयलाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको छ, त्यसैले एक दुई दिनमा आफ्नो काम गर्नुहुन्छ होला।’

‘राजदूत शेर्पाले समय मागेपछि ओली–प्रचण्डले सोमबारसम्मको समयावधि दिएका छन्, उनकै आग्रह अनुसार त्यति समयमावधि दिइएको हो’ स्रोतले भन्यो, ‘त्यसपछि पनि राजीनामा नदिए लगत्तै बस्ने मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्छ।’

तत्कालिन एमाले हुँदै एमाओवादी प्रवेश गरेपछि राजनीतिक कोटाबाट राजदूत बनेकी शेर्पाले राजीनामा दिए सरकार पनि सजिलोमा पर्ने, उनलाई पनि राजनीतिक जिम्मेवारी दिन सकिने, तर बर्खास्त गर्नुपरे उनी आफै अप्ठेरोमा पर्ने स्मरण दुबै अध्यक्षले गराएका छन्।

कुटनीतिक सुविधा अन्तर्गत अष्ट्रेलिया लगिएका ड्राइभरले मानव तस्करीको आरोप लगाएपछि राजदूत शेर्पा विवादको घेरामा तानिएकी छन्। उनको सम्बन्धमा परराष्ट्र मन्त्रालयले छानबिन समिति नै बनाएको थियो।

‘छानबिन समितिको प्रतिवेदनबाट शेर्पाबाट केही न केही कमजोरी भएको देखिएको छ’ स्रोतले भन्यो, ‘त्यसै आधारमा अध्यक्षद्वयले शेर्पालाई राजीनामाको सुझाव दिनु भएको हो।’

यो पनि हेर्नुहोस्:

राजीनामा दिन्नँ, केही विषय सार्वजनिक गर्दैछुः राजदूत शेर्पा

दिगम्बरले ओलीलाई सजिलो पारिदिए, लक्कीले प्रचण्डलाई सजिलो पारिदेलिन्?


प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 12:20:22
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...