प्रज्ञा प्रतिष्ठानमा प्रम ओलीले अनुहार किन निन्याउरो पारे, खुट्टा किन खोच्याए?



केपी शर्मा ओली
केपी शर्मा ओली
प्रविन कोइराला

नेपाल प्रज्ञा प्रतिष्ठानले विहीबार (२६ पुष) मा आयोजना गरेको ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक विचार गोष्ठीका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली।

निम्त्याइएका कार्यक्रममा अक्सर समयमा कहिल्यै नपुग्ने प्रम ओली कमलादीस्थित प्रज्ञा भवनको कार्यक्रममा पनि निर्धारित समय भन्दा करिव सभा घण्टा पछि पुगे।

प्रज्ञा भवनको तेस्रो तलामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम हलमा पुग्न भ¥याङ चढ्नुपथ्र्याे। ओली भ¥याङ उक्लन त थाले, तर खुट्टा खोच्याउँदै।

सुरक्षाकर्मी र सहयोगीको घेरामा उक्लिरहेका ओलीको यस्तो हालत देखेपछि कसैले भन्यो, ‘प्रधानमन्त्रीले खुट्टा पो खोच्याउनु भएको छ त!’

भीडबाट यस्तो टिप्पणी सुनेपछि प्रम ओलीले आफूलाई सकुशल देखाउने प्रयास त गरे, तर उनको शरीर स्वस्थ्य छैन भन्ने कुरा कार्यक्रम अवधिभर उनको निन्याउरो अनुहारले देखाउँथ्यो।

आखिर के भएको थियो प्रम ओलीलाई, जसका कारण उनले कार्यक्रम अवधिभर अनुहार निन्याउरो पारे, भ¥याङ उक्लँदा खुट्टा खोच्याए?

ओली निकट एक मन्त्रीका अनुसार, उनले त्यसरी खुट्टा खोच्याउनुको कारण हो, ‘युरिक एसिड’ का कारण सिर्जित समस्या।

‘युुरिक एसिडका कारण उहाँको खुट्टा सुन्निने र दुख्ने भएको छ’ नाम उल्लेख गर्न नचाहने ती मन्त्रीले भने, ‘त्यही कारण खुट्टा खोच्याउनु भएको हो।’

खुट्टा सुन्निने र सुन्निएका कारण दुख्ने पनि भएपछि केही न केही पीडा त हुने भइहाल्यो, त्यसैले कार्यक्रम अवधिभर उनले अनुहार उज्यालो पार्नपनि सकेनन्।

स्वास्थ्य र निद्रामा समेत बेवास्ता गरिदिने स्वभावका कारण प्रम ओलीमा बेलाबेला यस्ता समस्या सिर्जना हुने गरेका छन्।

शरीरलाई चाहिने पानी उनी नियमित रुपमा पिउँदैनन्, राति पनि निकै ढिलो सुत्छन्, आवस्यक निद्रा पनि पु¥याउँदैनन्।

कतिसम्म भने, गफिँदै जाँदा घण्टौँसम्म एकै ठाउँमा बसेर समय बिताइदिन्छन्। यसले गर्दा शारीरिक अभ्यास पनि हुन पाउँदैन।

‘यस्तो गरिदिएपछि युरिक एसिड नभए के हुन्छ?’ ती मन्त्रीले भने, ‘विहीबार उहाँले खुट्टा खोच्याएको र अनुहार निन्याउरो पार्नुको कारण यही हो।’

सम्बन्धित लिंकः

खुट्टा खोच्याउँदै कार्यक्रम स्थल पुगे प्रधानमन्त्री ओली

ओलीको भाषणमा न टुक्का न उखान, निन्याउरो अनुहारमा सुनिरहे भजन

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 10:34:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...