पृथ्वीनारायण शाहको ‘सरप्राइज बर्थ डे’ मनाउने यस्तो छ सरकारको तयारी



पृथ्वीनारायण शाह
पृथ्वीनारायण शाह

‘यो कार्यक्रम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन, सरप्राइज नै होस् भनेर यसो गरिएको हो।’

जापानी विदेश मन्त्री तारो कोनोसँगको विहीबार (२६ पुष) विहान भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ह्याप्पी बर्थ डे’ भन्दै फूलको बुके दिए।

दुई दिने नेपाल भ्रमण (२५–२७ पुष) मा आएका विदेशमन्त्री कोनोका लागि नेपाली प्रधानमन्त्रीको निवासमा दिइएको ‘बर्थ डे विस’ एक किसिमले ‘सरप्राइज नै थियो।

श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्दापनि राष्ट्रपति भण्डारीले त्यसैगरी ‘बर्थ डे विस’ गरेर ‘सरप्राइज’ दिएकी थिइन्।

भदौमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनमा नेपाल आएका सिरिसेनाले त आफ्नो जन्मदिन सरप्राइज दिने गरी मनाइएको भन्दै आभार व्यक्त गरेका थिए।

नेपाल भ्रमणमा रहेका बेला विदेशी उच्च अतिथिहरुको राष्ट्रपति र प्रधानमन्त्रीले भेटेर ‘सरप्राइज’ नै हुने गरी ‘बर्थ डे विस’ गर्ने नेपाली कुटनीतिको प्रचलन नै बनिसकेको छ।

तर, जापानी विदेशमन्त्रीलाई ‘बर्थ डे विस’ गरेर ‘सरप्राइज’ दिएको ओली सरकारले त्यसको भोलिपल्टै त्यस्तै ‘सरप्राइज’ हुने गरी अर्काे ‘बर्थ डे सेलिब्रेसन’ गर्दैछ।

सारा नेपाली ‘सरप्राइज’ हुने गरी सरकारले बर्थ डे सेलिब्रेसन गर्न लागेको अरु कसैको नभएर नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहको हो।

लोकतन्त्रअघिसम्म पृथ्वीनारायण शाहको जन्मदिन पारेर मनाइने राष्ट्रिय एकता दिवसको अवसरमा दिने विदालाई निरन्तरता दिन माग बढिरहेका बेला सरकार आफैले भोलि पृथ्वी जयन्ती मनाउँदैछ।

त्यसको नेतृत्व रक्षा मन्त्रालयको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दैछन्।

उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा भोलि विहान१० बजे मन्त्रीहरु, नेपाली सेना लगायत सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल प्रज्ञा प्रतिष्ठानबाट जुलुश सहित सिँहदरवार अगाडि पुगेर त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेर माल्यार्पण गर्नेछन्।

‘यो कार्यक्रम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन’ नाम बताउन नचाहने एक मन्त्रीले नेपालखबरसँग भने, ‘सरप्राइज नै होस् भनेर यसो गरिएको हो।’

पृथ्वीनारायण शाहप्रतिको श्रद्धा प्रकट गर्न प्रधानमन्त्री केपी शर्मा ओली विहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विचार गोष्ठीमा सहभागी समेत भएका थिए। 

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 22:25:32
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...