राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर जापानी विदेशमन्त्री स्वदेश फिर्ता




Roshan Sapkota

जापानका विदेशमन्त्री तारो कोनोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शिष्टाचार भेटका अवसरमा नेपाल–जापानबीच द्विपक्षीय सम्बन्धका बिषयहरुमा छलफल भएको थियो।

यसअघि आजै विदेशमन्त्री कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय साझा चासोका विषयहरुमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिहरु तथा सरकारका प्राथमिकताहरुका बारेमा उल्लेख गर्दै नेपालको सामाजिक-आर्थिक विकासका लागि जापान सरकारको निरन्तर सहयोग तथा समर्थनको प्रशंसा गरे।

विदेशमन्त्री कोनोले नेपालले लिएका विकासका लक्ष्यहरु प्राप्तिका लागि जापान सरकारको निरन्तर सहयोग रहने आश्वासन दिएका थिए। विदेशमन्त्री कोनो नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किएका छन्।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 20:29:44
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।