स्वर्गद्वारी नगरप्रमुखमाथिको दुर्व्यवहारप्रति प्युठानी सांसदको आपत्ति



नेत्रबहादुर रोका
नेत्रबहादुर रोका

प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकामाथि भएको आक्रमणप्रति प्युठानबाट निर्वाचित सांसदहरुले आपत्ति प्रकट गरेका छन्।

प्युठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र प्रदेश सभा सदस्य तारा जीसीले बिहीबार विज्ञप्ति प्रकासित गरी घटनाको भर्त्सना गरेका हुन्।

‘आफूलाई नेकपा (विप्लव) समूहका कार्यकर्ता बताउने तीन जनाको समूहले ‘तँ हाम्रो कब्जामा छस्’ भन्दै प्रज्वलनशील पदार्थ खन्याई उहाँमाथि घातक आक्रमण गरेका छन्। हामी उनीहरूको उक्त कार्यको तीब्र निन्दा एवम् भ्रत्र्सना गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ, ‘प्यूठान स्वर्गद्वारी नगरपालिकाको जनताद्वारा निर्वाचित प्रमुख नेत्रबहादुर रोकामाथि भएको आक्रमण प्यूठानी जनतालाई सह्य हुन सक्दैन।’

उनीमाथी भएको यस घटनालाई कुनै पनि मानेमा राजनीतिक कार्य मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ।

सांसदद्वयले राजनीतिक समूहबाट राजनीतिक व्यवहारको अपेक्षा हुन्छ भन्दै यसप्रकारका अराजक गतिविधिहरुलाई सच्च्याई लोकतान्त्रिक ढङ्गले अगाडि बढ्न सम्बन्धित पक्षलाई आव्हान गरेका छन्।

मंगलबार दिउँसो कार्यालय समयमा विभिन्न योजनाको विषयमा छलफल भइरहेका बेला अपरिचित तीन जना व्यक्तिको समूहले शरीरमा प्रज्वलनशिल पदार्थ खनाएको नगर प्रमुख रोकायले बताएका छन्।

नगर प्रमुख हालको कारवाहीबाट नसच्चिए कठोर कदम चाल्ने विप्लव नेकपाले विज्ञप्ती मार्फत धम्की दिएको छ। रोकायलाई विभिन्न आरोप समेत लगाइएको छ।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 20:02:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...