एमाले-माओवादीः केन्द्रमा एकता, पाँचतारे होटलमा चुनावी भीडन्त



सांग्रिला होटलको भित्री भाग
सांग्रिला होटलको भित्री भाग

एमाले–माओवादी केन्द्रबीच केन्द्रमा एकता भएर तल्लो कमिटीमा एकीकरण तयारी भइरहेका बेला राजधानीको एउटा पाँचतारे होटलमा दुबै पूर्व दल सम्बद्ध मजदुर संगठन भने चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

राजधानीको लाजिम्पाटस्थित पाँच तारे होटल सांग्रिलाका आधिकारिक ट्रेड युनियनका लागि बिहीबार भएको मनोनयनमा लागि पूर्व एमाले र पूर्व माओवादीका मजदुर संगठन प्रतिस्पर्धामा उत्रिएका हुन्।

पूर्व एमालेको नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियन र पूर्व माओवादीको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजुदर संघले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका हुन्।

पूर्व एमालेसम्बद्ध युनियन अध्यक्ष चन्द्र राईको नेतृत्वमा र पूर्व माओवादी केन्द्र सम्बद्ध संघ अध्यक्ष बुद्धि तामाङको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सो होटलमा यसअघि भएको चुनावमा नयाँ शक्ति नेपाल निकट मजदूर संगठनले जीत हासिल गरेको थियो। त्यसैले, प्रतिस्पर्धामा नयाँशक्ति निकट निकट मजदुर युनियन पनि तेस्रो प्रतिस्पर्धी संगठन हो।

होटलको आधिकारिक ट्रेड युनियनका लागि ११ माघमा चुनाव हुँदैछ।

एमाले निकट युनियनका केन्द्रीय अध्यक्ष सूर्य कुँवरले नेतृत्व र कार्यशैलीका विषयमा कुरा नमिल्दा फरक फरक रुपमा प्रतिस्पर्धा भएको स्वीकार गरे।

‘हाम्रो र उहाँहरु (माओवादी) को कार्यशैलीमा फरक फरक प्रकारको छ, केन्द्रमा मिलिसकेपनि तल्ला कमिटीहरु मिलिसकेका छैनन्’ कुँवरले भने, ‘फरक-फरक विधानहरु छन्। टुप्पो मिलेर मात्रै हुने रहेनछ। शरीरका सबै अंग मिलेका छैनन्।’

उनले उम्मेदवार फिर्ता लिनका लागि आइतबारसम्म समय रहेको त्यसबीचमा केही निकाश आउनेमा आशावादी रहेको बताए।

पूर्व माओवादी केन्द्रसम्बद्ध संघका केन्द्रीय अध्यक्ष माधव पाण्डेले अघिल्लो चुनावमा सिनियर संगठन भएको कारणले आधिकारिक ट्रेड युनियनको नेतृत्वमा दावी गरेको बताए।

‘अघिल्लो चुनावमा हामीले बढी मत ल्याएका हौँ, त्यसैले नेतृत्व र झण्डा छाड्ने विषय नै आउँदैन, हाम्रो केन्द्रका नीति नै त्यही हो,’ पाण्डेले भने, ‘दुई दिनका समयमा छ, तर सहमतिका लागि प्रयास भने जारी राख्नेछौँ।’

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 19:46:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।