पृथ्वीनारायणको प्रशंसा गर्दै ओलीले भनेः हाम्रा पूर्खा बहादुर पनि, बुद्धु पनि (भिडियो)



केपी शर्मा ओली
केपी शर्मा ओली

‘कसैले पृथ्वीनारायण शाह मुर्ख नै थिए भन्छ भने पनि म धेरै बहस गर्दिनँ, कम्तिमा उनले देश एकीकरण त गरे। राष्ट्र निर्माण र राष्ट्रिय एकीकरणको तुलनामा अन्य कुरा ठूलो हुन सक्दैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियान सुरु नगरेको भए बाइसे–चौबीसे राज्यका रुपमा नेपाल पग्लिएर सकिने बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक विचार गोष्ठीमा बिहीबार सम्बोधन गर्दै प्रम ओलीले पृथ्वीनारायण शाहको खुलेर प्रशंसा गरे।

‘कसैले पृथ्वीनारायण शाह मुर्ख थिए नै भन्छ भने पनि म बहस धेरै गर्दिनँ, कम्तिमा उनले देश एकीकरण त गरे’, ओलीले भने, ‘धेरै विद्वान भएको भए लडाइँमा मारिने हो कि भन्ने हुन्थ्यो होला, विद्वान भएनन् ठीकै छ। राष्ट्र निर्माण र राष्ट्रिय एकीकरणको तुलनामा अन्य कुरा ठूलो हुन सक्दैन।’

‘यदि पृथ्वीनारायणले राष्ट्र एकिकरण अगुवाई नगरेको भए नेपाल राष्ट्रको रुपमा उदाउन सक्ने थिएन, यो बाइसे–चौबीसेबाट पग्लिएर कता जान्थ्यो कता’, प्रधानमन्त्री ओलीले थपे, ‘औपनिवेशिक अभियानको यस्तो वेभ थियो कि, त्यसलाई विशाल भारतले रोक्न सकेन, विशाल चीनले रोक्न सकेन, बाइसे–चौविसेले रोक्नसक्ने कुरै थिएन।’

भूपि शेरचनको ‘हामी’ कवितामा उल्लेखित बुद्धु र बहादुरको प्रसङ्ग कोट्याउँदै ओलीले भने, ‘हाम्रा पूर्खा बहादुरपनि भए बुद्धु पनि। तोपसँग चक्कु लिएर लड्न सक्दैनथे हाम्रो पूर्खा। अलि मुर्खमुर्खै हुन्। हारिन्छ कि जितिन्छ देखा जाएगा, भिडिहालौँ भनेर भिड्न गए। त्यसले टिक्न सकिँदो रहेछ भन्ने देखायो।’

‘धेरै हिसाबकिताब गर्यो भनेपनि टिक्न नसकिने’ बताउँदै उनले यो पनि भने, ‘बहादुरसँगै बुद्धुपनि हुनुपर्दो रहेछ। त्यो साँच्चै पनि हो जस्तो लाग्छ।’

ओलीले थपे, ‘साह्रै विद्वान मान्छे सुरो हुँदैन, साह्रै सुरो मान्छे पनि साह्रै सुरो हुँदैन। साह्रै सुरो हुनलाई अलिकति मुर्खपन चाहिन्छ। जितिन्छ कि हारिन्छ भन्ने मान्छे लडाईंमा जाँदैन।’

हेर्नुस् भिडियोः 

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 07:35:42
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।