ओलीको भाषणमा न टुक्का न उखान, निन्याउरो अनुहारमा सुनिरहे भजन



केपी शर्मा ओली
केपी शर्मा ओली
प्रविन कोइराला

 बिहीबार (२६ पुष) दिउसो। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष कार्यक्रम राखिएको थियो। प्रमुख अतिथिका रुपमा कार्यक्रमको मुख्य आकर्षक थिए प्रधानमन्त्री केपी शर्मा ओली।

कार्यक्रम समय दिउँसो १२ बजेका लागि तय गरिएको थियो। संस्कृति, नागरिक उड्डडन एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतका विशिष्ट अतिथि कार्यक्रमस्थल पुगिसकेका थिए।

आयोजकबाट प्रधानमन्त्री ३० मिनेट ढिला आउने जानकारी दिइयो। सोहीअनुसार सबैको आँखा हातको घडी, मोबाइल र प्रधानमन्त्री आउने बाटोतर्फ सोझिन थाल्यो।

तर, १२ बजेर ५० मिनेट हुँदासम्म पनि प्रम ओली आउने कुनै छाँटकाँट देखिएन। मन्त्री अधिकारी ‘प्रधानमन्त्रीज्यू आउने समय भएन?’ भन्दै आयोजकलाई सोधिरहेका थिए।

कुनैपनि कार्यक्रममा निर्धारित कार्यक्रम भन्दा ढिलो पुग्नु ओलीको नियमितता जस्तै भइसकेको छ। कैयौँ कार्याक्रममा उनी ३ घण्टासम्म ढिला पुगेका उदाहरण छन्। प्रज्ञा परिसरमा उपस्थित सबैले २ बजेभन्दा अगाडि उनी नआउने आँकलन काटिसकेका थिए।

त्यत्तिकैमा प्रधानमन्त्री कार्यक्रमका लागि हिंडिसकेको जानकारी आयो। प्राज्ञहरु लामबद्ध भएर उनको स्वागतका लागि खटिए।

सवा १ मा प्रधानमन्त्री कार्यक्रमस्थल आइपुगे।

कार्यक्रम परिसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र कवि शिरोमणी लेखनाथ पौड्यालको सालिक रातो कपडाले छोपेर राखिएको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार प्रम ओलीले पालैपालो कपडा हटाउँदै सालिक अनावरण गरे, त्यसपछि सालिकमा माल्यार्पण।

जब खुट्टा खोच्याउँदै भर्याङ उक्लिए
कार्यक्रम प्रज्ञाको पुस्तकालय रहेको भवनको तेस्रो तलामा आयोजना गरिएको थियो। ओली प्रज्ञा परिसरबाट त्यसतर्फ लागे। सुरक्षाकर्मी र सहयोगीको घेरामा रहेर अगाडि बढिरहेका प्रधानमन्त्रीको नजिकैबाट एउटा आवाज आयो, ‘प्रधानमन्त्रीले खुट्टा त खोच्याउनु भएको छ त।’

भीडबाट आफूबारे गरिएको यो टिप्पणी प्रम ओलीले पनि सुने सायद, त्यसपछि उनले आफूलाई सम्हाल्ने प्रयास गरे। तर, भ¥याङको सिँढी उक्लन उनलाई त्यति सहज भएन। प्रधानमन्त्रीको खुट्टामा पक्कै कुनै समस्या छ भन्ने धेरैले अनुमान लगाए।

जसोतसो प्रधानमन्त्री कार्यक्रम कक्षमा पुगे, आफ्नो आसनमा बसे ।

प्रधानमन्त्री ओली प्राय हँसिला देखिन्छन्। उनको मुहार पुलकित देखिन्छ। कार्यक्रममा उपस्थित भएर हाँसी–मजाक र ठट्टा गर्नु, कुनै उखान टुक्का सुनाउनु उनको विशेषता हो।

तर, बिहीबार प्रधानमन्त्रीको मुहार मलिन थियो। उनमा त्यति उत्साह थिएन, जति उनी यसअघि कार्यक्रमहरुमा जाँदा देखिने गथ्र्यो।

कार्यक्रम कक्षमा गाईगुईं भने चलिरहेको थियो, प्रधानमन्त्रीज्यूलाई सञ्चो छैनजस्तो छ नि!

सस्वर गानमा डुबे
प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरेपछि कार्यक्रमले औपचारिकता पायो।  त्यसपछि बटुकहरुद्धारा स्वस्तिवाचन सुरु भयो। प्रधानमन्त्रीले भावुक भएर स्वस्तिवाचन सुने। 

त्यसपछि कलाकारहरुले संस्कृत पद्यको सस्वर गान ‘नेपाल जननी बन्दे’ गाउन सुरु गरे।

प्रधानमन्त्री मन्त्रमुग्ध भएर सस्वर गान सुनिरहेका थिए। उनी कलाकारको गायनमा डुबे। शरीर मञ्ज अगाडि भएपनि उनको टाउको भने सस्वर गायन भइरहेतिर फर्किएको थियो।

छेउमै (दाहिने पट्टी) रहेका प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेती ओलीसँग केही बोल्न खोजिरहेका थिए ओली। तर, सस्वर गानमै डुबिरहेका प्रम ओलीले उनलाई उति मतलब गरेनन्।

उनको अर्को छेउ (दाहिने पट्टी) रहेका मन्त्री अधिकारीले आफ्ना आँखा यताउता डुलाइरहेका थिए। अन्य अतिथिहरु पनि आ–आफ्नै तालमा थिए। तर, प्रधानमन्त्री डगमग भएनन्।

सस्वर गान सुरु भएको झन्डै ३ मिनेटपछि प्रधानमन्त्रीले आफ्नो अगाडि रहेको थर्मसको पानीको दुई घुड्की लिए। एकपटक दाहिनेपट्टी हेरे, अनि फेरि सस्वर गानमै आफूलाई समाहित गरे।

सस्वर गान सकिएपछि ओलीले दुई हातले विस्तारै ताली बजाए। फेरि थर्मस खोले र पानीको घुड्की लिए। उनको अनुहारमा अघिभन्दा केही उत्साह थपियो।

शंका सत्य सावित भयो
सहयोगीले अगाडि राखिदिएको थर्मसबाट उनी पटक–पटक पानी पितइरहेका थिए। ४५ मिनेटको अन्तरालमा उनले थर्मस खोलेर ८ पटक पानी पिए।

त्यसपछि बोल्ने पालो प्रधानमन्त्रीको आयो। कार्यक्रम संचालिकाले उनको नाम लिएपछि उनी पोडियममा गएर बोल्छन् भन्ने थियो। तर, त्यति नै बेला उनका सहयोगीले उनीसँग कानमा खासखुस गरे।

लगत्तै प्रधानमन्त्रीको अगाडि माइक स्ट्यान्ड आइपुग्यो। उनी बसेरै बोल्ने भए। केहीले मुखामुख गरे पनि।

‘मेरो खुट्टामा समस्या छ’ माइकबाट प्रधानमन्त्रीको पहिलो बाक्य सुनियो। यसअघि उनले खुट्टा खोच्याउनुको राज खासमा केहीले अनुमान गरेजस्तै रहेछ।

त्यसपछि प्रधानमन्त्रीले थपे, ‘भन्न त नमिल्ने हो तर, समस्या चाहिँ छ।’

उनले बसेर बोल्न अनुमति माग्दै हेपेर यस्तो गरेको भनेर नसोचिदिन आग्रहसमेत गरे। तर, खुट्टामा के समस्या भएको हो भन्ने भने खुलाएनन्।

सवा १ घण्टा बोलेपछि ओलीले आफ्नो भाषण सक्काए। तर, अन्य दिनजस्तो न उखान टुक्का सुनाए, न रमाइला कुरा नै गरे।

प्रधानन्त्रीले सवा १ घण्टामा पृथ्वीनारायण शाह, राष्ट्रियता, छिमेकी देश र केही समय सरकारको काम–कारबाहीको व्याख्या गरेर सके।

अन्त्यमा भने, ‘ल अब गीत सुनौँ’
प्रधानमन्त्रीले बोलेपछि प्रज्ञाका कुलपतिले कार्यक्रमको अन्त्य गर्ने कार्यक्रमको तालिका थियो। तर, प्रधानमन्त्रीले नै आग्रह गरेपछि झन्डै १५ मिनेट कार्यक्रम कक्षमा भजन गुञ्जियो।

प्रधानमन्त्री भजन सुनेर आनन्द लिइरहे। भावुक मुद्रामा उनले टाउको हल्लाउँदै एकाग्रह भएर भजन सुनिरहे।

भजन सकिएपछि फेरि एकपटक प्रधानमन्त्रीको भावुक मुहारमा केही उत्साह थपियो। उनले १४ औँ पटक थर्मस खोले र आफ्ना ओठ लगेर थर्मसमा जोडिदिए। त्यसपछि उनी आसनबाट उठे। उनका सहयोगीले थर्मस हातमा लिए।

प्रधानमन्त्री खुट्टा खोच्याउँदै तीन तला ओर्लिए र मलिन मुहार लिएर गाडी चढे। प्रधानन्त्री गएपछि प्रज्ञा परिसरमा गाईगुईं सुनियो, ‘प्रधानमन्त्रीलाई सञ्चो रहेनछ है’

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 18:53:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।