कमल थापाकाे प्रश्नः राष्ट्रिय एकता दिवसमा किन विदा नदिने?




कमल थापा
कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन सरकारलाई दवाव दिएका छन्।

अध्यक्ष थापाले पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर मनाईने ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिएका हुन्।

उनले नेपाल एकीकरणको काम गरेका पृथ्वी नारायण शाहको योगदानको सम्मान गर्न पनि सरकारले राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

बिहीबार २ सय ९७ औं पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वी नारायण शाहलाई सरकारले राजनीतिक व्यवस्थाको नजर हेर्न नहुने पनि स्पष्ट पारे। सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा कटौति गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति छ।

अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम राख्न आगामी फागुन ७ गतेबाट पार्टीले देशव्यापी आन्दोलनको कार्यक्रम नै तय गर्नु परेको पनि स्पष्ट पारे।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 18:26:39
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।