पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहलाई यसरी सम्झिए




ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाह

कुनै वादका आधारमा राष्ट्रलाई घाटा पर्ने कार्य कुनै पनि वादका आधारमा गर्न नहुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाहले जोड दिएका छन्।

पूर्वराजा शाहले २९७ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक विज्ञप्ती जारी गर्दै उपरोक्त कुरा बताएका हुन्।

उनले भनेका छन्, ‘नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता छ।’

‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो, राष्ट्र निर्माणमा वलिदान गर्ने तमाम वीर वीरगना एवं सपूतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौँ र हुँदैन’ शाहले भनेका छन्, ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपुर्ण र कपटपुर्ण अवस्थाबाट गुज्रँदैछ, यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ।’

पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया’ उपदेश स्मरण गर्दै उनले थप भनेका छन्, ‘यो दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ। एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै बाद वा विचार हुन सक्दैन।’

लोकतन्त्र पुनर्वहाली भएदेखि नै पूर्वराजा शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा नियमित रुपमा विज्ञप्ती निकाल्दै आएका छन्।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 18:16:20
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।