पृथ्वीनारायण शाहप्रति नकारात्मक टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको आग्रह

‘शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य’




प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली
फोटोः प्रविन कोइराला

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भन्दै उनीप्रति नकारात्मक टीकटिप्पणी नगर्न आग्रह गरेका छन्।

बिहीबार २९७ औ पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको दावी गरे। उनले शाहको योगदानलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले राष्ट्रको एकीकरणको काम सबैभन्दा महत्वपूर्ण हुने बताउँदै उक्त काम पृथ्वीनारायण शाहले गरेको उनको भनाइ थियो

प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधीन राष्ट्रको रुपमा रहेको ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने पनि बताए।

फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले तराईमा शीत लहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताए।

उनले तराईमा शीत लहरका कारण ज्यान नजाओस् भनेर सरकारले हिउँद सुरु हुनु अघिनै दाउरासहित न्यानो कपडा वितरणको उचित व्यवस्था गरेको पनि स्पष्ट पारे।

सरकारले मुलुकको समृद्धिका लागि उल्लेख्य कदम चालेको र त्यसको परिणाम आउनेक्रम सुरु भएको प्रधानमन्त्री ओलीको दावी थियो।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 17:40:51
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।