फ्रान्सेली परराष्ट्र महासचिव मोन्तानले सुनाए विद्यार्थी छँदा सुन्दरीजल-हेलम्बु पुगेको कथा



मोरिद गुर्दो मोन्तान
मोरिद गुर्दो मोन्तान
प्रविन कोइराला

बुधबार (२५ पुष) देखि नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले आफू विद्यार्थी जीवनकै बेला नेपाल भ्रमणमा आएको खुलाशा गरेका छन्।

नेपाल–फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० बर्ष पुगेको उपलक्ष्यमा प्रतिक चिन्ह (लोगो) सार्वजनिक कार्यक्रममा बोल्दै मोन्तानले सन् ७० को दशकमा पहिलो पटक नेपाल भ्रमणमा आएको बताए।

‘पहिलो पटक म १९७४ मा नेपाल भ्रमणमा आएको थिएँ, त्यो बेला म विद्यार्थी नै थिएँ’ उनले भने, त्यसक्रममा म सुन्दरीजलदेखि हेलम्बुसम्म पुगेको थिएँ।’

आफूजस्तै थुप्रै फ्रान्सेलीहरुले पर्यटकको रुपमा नेपाल भ्रमण गरेको सुनाउँदै महासचिव मोन्तानले बर्षेनी नेपाल आउने फ्रान्सेली पर्यटकहरुले आफ्नो देश फर्केर नेपाली आतिथ्यताको प्रसंशा सुनाउने गरेको जानकारी दिए।

नेपाल र फ्रान्सबीचको सम्बन्ध ‘हिमालहरुले जोडेको सम्बन्ध’ भएको दावीपनि मोन्तानले गरे। यसक्रममा उनले मोरिस हर्जोगको नाम लिए, जसले नेपालसहित विश्वका ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो व्यक्तिको परिचय बनाएका छन्।

राणाकालमै ३ जेठ २००७ मा हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण शिखरको सफलतापूर्वक आरोहण गरेका थिए।

‘हर्जोग लगायत थुप्रै फ्रान्सेली आरोहणकर्ताले नेपालका अग्ला हिमालहरुको आरोहण गरेका छन्’ उनले सुनाए, ‘तपाईंहरुकोमा जति अग्ला हिमाल हाम्रोमा छैनन्, तर दुबै देशका हिमालले दुई देशको सम्बन्धलाई जोडेका छन्।’

महासचिव मोन्तान, परराष्ट्र सचिव शंकरदास बैरागीले सो कार्यक्रममा मिस नेपाल श्रृङ्खला खतिवडालाई नेपाल–फ्रान्स सम्बन्ध स्थापना भएको ७० बर्ष पुगेको उपलक्ष्यमा ब्राण्ड एम्ब्यासडर नियुक्त गर्नुका साथै ७० बर्षे सम्बन्धको प्रतिक चिन्ह (लोगो) पनि सार्वजनिक गरेका थिए।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 18:19:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...