मिस नेपाल श्रृङ्खला खतिवडा अब नेपाल–फ्रान्सको सद्भावना राजदूत

प्रविन कोइराला
मिस नेपाल श्रृङ्खला खतिवडा नेपाल र फ्रान्सको संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना राजदूत) नियुक्त भएकी छन् ।

खतिवडालाई नेपाल–फ्रान्सबीच कुटनीति सम्बन्ध स्थापना भएको ७० औँ बार्षिकोत्सव कार्यक्रमको ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरिएको हो।

परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रममा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले यस बुधबार अपरान्ह राजधानीमा आयोजित एक कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ को नियुक्ति पत्र दिए।

७० बर्षअघि नेपालमा राणा शासन रहेकै बेला फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

नेपाल–फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष पुगेको उपलक्ष्यमा निर्माण गरिएको प्रतिक चिन्ह (लोगो) को परराष्ट्र सचिव बैरागी, उनका फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना राजदूत खतिवडाले संयुक्त रुपमा सार्वजनिक गरे।  

प्रकाशित 2019-01-09 17:36:47