मध्य पहाडी लोकमार्गमा एक महिने ‘लङ मार्च’ को योजना बनाउँदै डा. बाबुराम

भट्टराईले यात्रा गर्ने बाटोको ‘रेकी’ का लागि हिँड्यो टोली



डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई
फाइल फोटो

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले पार्टीका संगठन विभाग प्रमुख गंगानारायण श्रेष्ठ, राजनीतिक सम्बाद समितिका प्रमुख नवराज सुवेदी र प्रबक्ता प्रशान्त सिँह सहितको टोलीले बुधबार (२५ पुष) देखि मध्यपहाडी लोकमार्गको पूर्वदेखि पश्चिमसम्मको ‘रेकी’ थालेको छ।

माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसारको जिम्मेवारी पाएका श्रेष्ठको टोलीले मध्य पहाडी लोकमार्गको ‘रेकी’ थाल्नुको उद्देश्य हो, चिनियाँ नेता माओले झैँ ‘लङ्ग मार्च’ सञ्चालन गर्ने संयोजक डा. भट्टराईको योजना।

सिक्किमसँग सीमा जोडिएको पाँचथरको चिवाभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुङ्गिने १ हजार ७ सय ६० किमी लामो मध्यपहाडी लोकमार्गमा लङ्ग मार्च गर्ने योजना छ डा भट्टराईको।

‘विभिन्न कार्यक्रमका साथ एक महिना (१५ माघ–१५ फागुन) को अवधि मा डा भट्टराईले मध्यपहाडी लोकमार्ग छिचोल्नु हुनेछ’ नयाँशक्ति नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘त्यसैका लागि श्रेष्ठ र सिँहसहितको टोली लोकमार्गको अवस्था बुझ्न हिँडेको हो।’

लोकमार्गको अवस्था कहाँ कस्तो छ, कहाँ गाडी जान नसक्ने अवस्था छ, सबै निरीक्षण गरेपछि सोही अनुसार नयाँशक्तिले मध्यपहाडी लोकमार्गमा डा. भट्टराईका कार्यक्रमको विस्तृत योजना बनाउनेछ।

संयोग कस्तो परेको छ भने, सत्तारुढ नेकपाले पनि माघ–फागुनको अवधिमा नै विशेष अभियान सञ्चालन गर्ने योजना बनाएको छ। पुष दोस्रो साता सकिएको स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदनमा दुई महिनाका लागि विशेष अभियानको प्रस्ताव गरिएको छ।

दुई तिहाईको सरकार बनाएको एक बर्षको अवधिका कामकार्वाहीले जनतामा कुनै आकर्षण सिर्जना गर्न नसकेपछि सिर्जित निराशा चिर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका गतिविधिका कारण निराश जनतालाई नयाँशक्तितिर आकर्षित गर्न डा. भट्टराईले ‘लङ मार्च’ को योजना बनाएका हुन्।

त्यसो त, गत साल भएका तीन तहका निर्वाचनमा सोचेजस्तो सफलता हासिल गर्न नसकेपछि पार्टीपंक्तिभित्र उत्पन्न निराशा चिर्न र संगठन विस्तारका लागि नयाँशक्तिले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ भन्ने अभियान नै चलाएको छ।

जस अन्तर्गत पाँच महिना (मंसिर–चैत्र) भित्र सम्पन्न हुने यो अभियानका क्रममा केन्द्रीय सदस्यहरुले प्रत्येक महिना केही न केही नयाँ काम गर्नुपर्नेछ, र त्यसले कुनै नै कुनै परिणाम ल्याउनुपर्ने शर्त राखिएको छ।

‘पाँच महिना, पाँच काम र पाँच परिणाम’ अभियानका क्रममा भएका उपलब्धिबारे प्रत्येक केन्द्रीय सदस्यले १५–१५ दिनमा पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने बाध्यात्मक शर्त राखिएको छ। काम र उपलब्धि सहितको प्रतिवेदन पेश नगर्नेलाई पार्टी केन्द्रबाट हटाउने योजना नयाँशक्तिले बनाएको छ।

निर्वाचनमा दिइएको आश्वासन अनुरुप काम गर्न नसक्दा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षप्रति समेत जनता निराश भएका बेला ययस अवधिमा निर्माण भएको संगठनका आधारमा डा भट्टराईको उपस्थितिमार्फत् जनतामा नयाँशक्तिप्रति आकर्षण पैदा गर्न सकिने विश्लेषण नयाँशक्तिका मुख्य नेताहरुको देखिन्छ।

‘यसबीचमा मैले युरोप–अमेरिकाको भ्रमण गरेँ, त्यहाँको समृद्धि र त्यसको कारणबारे अध्ययन गरेँ’ नेपालखबरसँग कुरा गर्दै डा. भट्टराईले भने, ‘अब आफ्नै मुलुकको कुनाकाप्चाको भ्रमढा गर्ने र जनतासँग अन्तरक्रिया गर्ने मेरो चाहना हो।’

नेपालको निर्माण मध्य पहाडी क्षेत्रबाटै भएको बताउँदै उनले त्यहाँबाट उत्तर–दक्षिण दुबैतिर अवलोकन गर्न सहजपनि हुने बताए। उनले थपे, ‘त्यसपछि मध्यपहाडी लोकमार्गको यात्रापछि तराई र हिमाली क्षेत्रमा पनि यसैगरी भ्रमण गर्ने, त्यहाँका जनतासँग अन्तक्र्रिया गरी देशको समृद्धिका लागि आवस्यक योजना बनाउने सोचेको छु।’

‘लङ मार्च’ गर्न लागेका डा भट्टराईको मध्यपहाडी लोकमार्गसँग अर्काे सम्बन्ध पनि छ। ०६५ मा अर्थमन्त्री हुँदा बजेट बक्तव्यमा उनले यसलाई ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ नामाकरण गरी बजेट समेत विनियोजन गरेका थिए।

त्यसअघि खण्ड–खण्डमा निर्माण भएको सडक खण्डलाई उनैले ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ नामाकरण गरेर निर्माणको एउटै छातामुनि ल्याएका थिए। यो लोकमार्ग अहिले राष्ट्रिय गौरवको आयोजना बन्न पुगेको छ।

पाण्डेका अनुसार यो लोकमार्ग अभियानको संयोजन नवराज सुवेदी नेतृत्वको राजनीतिक सम्बाद समितिले गरेको छ। 

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 16:32:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।