यी दुई ‘भाग्यमानी’ राजदूतः राजतन्त्रकालका थापा, ओलीकालका राई




अमृत राई
अमृत राई

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको पुष्टि गरेका छन्।

दक्षिण अफ्रिका लागि नेपाली राजदूत रहेका राईलाई सरकारले कार्तिक अन्तिम साता फिर्ता बोलाउने निर्णय गरेको थियो।

कार्यकाल सकिन करिव ५० दिन बाँकी रहँदा फिर्ता बोलाइएका राईलाई न्यूयोर्कस्थित नियोग प्रमुख बनाउने निर्णय भएको मंगलबार सार्वजनिक भएको थियो।

‘राईलाई न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयस्थित नेपाली नियोगको स्थायी प्रतिनिधि बनाउने निर्णय भएको सत्य हो’ मन्त्री ज्ञवालीले नेपालखबरसँग भने।

दुई महिनाअघिमात्र दक्षिण अफ्रिकाबाट फिर्ता बोलाइएका राईलाई सोमबार (२२ पुष) बसेको मन्त्री परिषद बैठकले न्यूयोर्क नियोगको जिम्मेवारी दिने निर्णय गरेको हो।

सन् १९६५ मा नेपालले नियोग स्थापना गरेदेखि नै सरकारले अपवाद बाहेक परराष्ट्र सचिवलाई न्यूयोर्क नियोगको जिम्मेवारी दिँदै आएको छ।

२०४८ मा राजनीतिक नियुक्तिका रुपमा जयराज आचार्यलाई र ०५६ ताका मन्त्रालयका बरिष्ठ सहसचिव जयप्रताप राणाबाहेक न्यूयोर्क नियोग प्रमुखको जिम्मेवारी सचिव तहका अधिकारीले गर्दै आएका थिए।

यस आधारमा परराष्ट्र सचिव शंकरदास बैरागीले न्यूयोर्क नियोगको जिम्मेवारी पाउने अनुमान गरिएको थियो।

तर, परराष्ट्र मन्त्रालयको सचिवबाट पहिलो मुख्य सचिव बन्ने ध्याउन्नमा रहेका कारण बैरागी न्यूयोर्क जान चाहेनन्।

त्यसैले, मन्त्रालयको मर्यादाक्रममा बैरागीपछि बरिष्ठतम सहसचिव रहेका भरतराज पौड्याललाई पठाइने धेरैको अनुमान थियो।

तर, दुई महिना अघिमात्र दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता भएका राईलाई न्यूयोर्क नियोगको जिम्मेवारी दिने निर्णयमा सरकार पुग्यो।

राष्ट्रसंघ लगायत बहुपक्षीय मामिला हेर्ने महाशाखा प्रमुख र मन्त्रालयमा बरिष्ठतम सहसचिवको रुपमा पौड्याल हुँदाहुँदै भर्खर राजदूतबाट फिर्ता बोलाइएका राईलाई फेरि उही जिम्मेवारी दिइएको विषयलाई परराष्ट्र मामिलाका जानकारहरुले त्यति सकरात्मक रुपमा लिएका छैनन्।

राई ‘करिअर डिप्लोम्याट’ नै भएपछि दक्षिण अफ्रिकाबाट फिर्ता बोलाइएलगत्तै न्यूयोर्क नियोग प्रमुखको जिम्मेवारी पाउनुको मुख्य कारण सत्तारुढ नेकपाले उनलाई आफू निकट ठान्नुलाई मानिएको छ।

लोकतन्त्र पुनस्र्थापनापछि शाहना प्रधान उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा राई उनको स्वकीय सचिवालयमा थिए।

त्यो बेलापनि न्यूयोर्क नियोगमा उपसचिवको दरबन्दीमा अर्कै उपसचिवको नाम यकिन भइसकेपनि त्यसलाई खारेज गरेर राईलाई पठाउने निर्णय भएको थियो।

राईका हकमा भएको त्यो घटनालाई परराष्ट्र मन्त्रालयमा भएको ‘विरल घटना’ को रुपमा लिने गरिन्छ।

‘परराष्ट्र मन्त्रालयभित्र हुने पोष्टिङमा राजनीतिक आवद्धता कसरी घुसाइन्छ भन्ने त्यो ज्वलन्त उदाहरण थियो’ परराष्ट्र मन्त्रालयका एक पूर्व सचिवले भने, ‘कुनै तर्कसंगत आधारमा होइन, आफ्ना मान्छेलाई अवसर दिने नाममा तय भइसकेको नाम रद्द गरेर राईलाई न्यूयोर्क पोष्टिङ गरिएको थियो।’

४ बर्षे कार्यकाल सकिन ५० दिनमात्र बाँकी रहँदा फिर्ता बोलाएर सबैभन्दा आकर्षक मानिएको न्यूयोर्क नियोगको जिम्मेवारी राईलाई जसरी दिइयो, राजदूत नियुक्तिको मामिलामा यो दोस्रो ‘विरल’ घटना बन्न पुगेको छ।

यसअघि राजतन्त्रकालमा भेषबहादुर थापालाई अमेरिकाबाट भारतको राजदूतमा सरुवा गरिएको थियो। जसलाई एउटै व्यक्तिलाई दोस्रो पटक राजदूत बनाइएको घटनाका रुपमा पनि अर्थ लगाइएको थियो। 

जानकारहरुका भनाईमा, राजदूत थापाकी श्रीमति रीता थापा भारतमा एउटा गैरसरकारी संस्थामा जागिरे भएका कारण आवस्यकता भन्दापनि थापाको चाहना अनुरुप उनलाई भारत सरुवा गरिएको थियो।

थापालाई जस्तै ठ्याक्कै एउटा देशबाट अर्काे देशमा राजदूतको रुपमा सरुवा नगरिएपनि राईले अवसर भने त्यही स्तरको पाएका छन्।

दक्षिण अफ्रिकाबाट दुई महिनाअघिमात्र फिर्ता गरिएका राईमा त्यस्तो के योग्यता र क्षमता थियो, जसका कारण न्यूयोर्कजस्तो महत्वपूर्ण नियोगको जिम्मेवारी दिइयो? त्यसको चित्तबुझ्दो कारण चाहिँ परराष्ट्र मन्त्री ज्ञवालीले दिन सकेनन्।

‘सरकारले कर्मचारीहरुलाई आवस्यकता अनुसारको जिम्मेवारी दिनसक्छ’, मन्त्री ज्ञवालीले यत्तिमात्र भने, ‘त्यसै अनुसार राईलाई न्यूयोर्क नियोगको जिम्मेवारी दिइएको हो।’

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 12:25:45
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।