महासचिव मोरिद नेपाल आउँदै, जंगबहादुरको फ्रान्स भ्रमणको सम्झना



मोरिद गुर्दो मोन्तान
मोरिद गुर्दो मोन्तान

फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तान दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं उत्रँदै छन्।

नेपाली समकक्षी परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा हुन लागेको मोन्तानको नेपाल भ्रमणको क्रममा दुई देशबीच सचिव स्तरीय परामर्श संयन्त्रको बैठक हुनेछ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालका अनुसार मोरिदको भ्रमणको क्रममा नेपाल–फ्रान्सको कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरिनेछ।

नेपालमा राणा शासन रहेकै बेला अर्थात् ८ बैशाख २००६ मा नेपाल र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्यको रुपमा रहेको फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो फ्रान्स। बेलायत, अमेरिका, भारतपछि नेपालले फ्रान्ससँग कुटनीतिक सम्बन्ध स्थापना गरेको हो।

बिसं. २००६ मा कुटनीतिक सम्बन्ध स्थापना भएपनि त्यो भन्दा करिब १ सय बर्षअघि नै पहिलो राणा प्रधानमन्त्री जंगबहादुरले फ्रान्सको भ्रमण गरेका थिए।

जंगबहादुरको भ्रमणसँगै सुरु भएको नेपाल–फ्रान्सबीचको सम्बन्धमा पछिल्लो समय केही शिथिलता देखिएको थियो।

जंगबहादुर राणा

जंगबहादुर राणा

‘अहिले दुई देशबीचको सम्बन्ध फेरि अघि बढ्न लागे जस्तो देखिन्छ,’ फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले भने, ‘पर्यटन, व्यापार र प्रत्यक्ष वैदेशिक लगानीका विषयमा सहकार्य गर्नसके फाइदा हुन्छ।’

फ्रान्स अमेरिकापछि विश्वमा दोस्रो ठूलो प्रत्यक्ष वैदेशिक लगानीकर्ता मुलुकको रुपमा रहेको छ। यसबाहेक फ्रान्स सबैभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्ने देशपनि हो।

जस्तो कि, सन् २०१८ मा ८ करोड ९० विदेशीले फ्रान्सको भ्रमण गरेका थिए। विदेशी पर्यटक तान्नेमात्र होइन, आफूपनि विदेश भ्रमण गर्नेमा फ्रान्सेलीहरु अगाडि छन्।

तैपनि नेपाल आउने पर्यटकको सूचीमा फ्रान्स शीर्ष नवौँ स्थानमा मात्र छ। सन् २०१८ मा ३१ हजार बढी फ्रान्सेली पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन अघिल्लो बर्षभन्दा २१ प्रतिशत बढी तथ्याङ्क हो।

नेपालका अग्ला हिम शिखरहरुसँग समेत फ्रान्सेलीहरुको लामो इतिहास जोडिएको छ। फ्रान्सेली नागरिक मोरिस हर्जोग विश्वमा रहेको ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो व्यक्ति हुन्।

३ जेठ २००७ मा हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण शिखरको सफलतापूर्वक आरोहण गरेका थिए।

नेपालबाट फ्रान्समा उच्च स्तरीय भ्रमण हुन नसकेको दुई दशक हुन लागेको छ। पछिल्लो समय गिरिजाप्रसाद कोइरालाले २०५७ फागुनमा फ्रान्सको भ्रमण गरेका थिए।

अनि, बैशाख २०४० मा तत्कालिन फ्रान्सेली राष्ट्रपति फ्राँ स्वा मितराँले नेपालको भ्रमण गरेका थिए।

प्रकाशित २४ पुस २०७५, मंगलबार | 2019-01-08 19:11:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...