अस्ट्रेलियाको राजदूतबाट राजीनामा दिन लक्कीलाई निर्देशन, नदिए बर्खास्त




लक्की शेर्पा
लक्की शेर्पा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले विवादास्पद राजदुत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको खबर मन्त्रीपरिषद स्रोतबाटै बाहिरिएको थियो। तर राती अबेर चाहिँ बर्खास्त गरिएको नभएर राजिनामा दिन सुझाव मात्र दिएको बताइयो।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सोमबार शेर्पालाई सरकारी निवास बालुवाटारमा बोलाएर राजीनामा दिन सुझाव दिएको एक मन्त्रीले नेपालखबरलाई बताए।

‘यस्ता समाचारमा नाम उल्लेख नगर्न’ भन्दै ती मन्त्रीले भने, ‘दुबै नेताले शेर्पालाई राजीनामा नदिए बर्खास्त गर्ने निर्णयका लागि सरकार बाध्य हुने जानकारी गराएका छन्, संभवतः उनले चाँडै राजिनामा दिनेछिन्।’

प्रधानमन्त्रीले राजिनामा दिन निर्देशन दिएकाले शेर्पालाई बर्खास्त गर्नेबारे सोमबारको मन्त्रिपरिषद बैठकमा छलफल नभएको ती मन्त्रीले बताए। प्रधानमन्त्री ओलीले शेर्पासँग कुरा गरेको र चाँडै राजीनामा आउने जानकारी मन्त्रिपरिषद्लाई गराएका थिए।

‘सम्बन्धित नेतृत्वले कुरा गरेका छौं भनेपछि निर्णय भइसकेको छैन, आजभोली नै शेर्पाको राजीनामा नआए बर्खास्त गर्नुको बिकल्प रहँदैन’, ती मन्त्रीले मंगलबार बिहान नेपालखबरसँग भने।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गरेको भन्ने समाचार सरकारबाटै बाहिरिएको थियो। तर रातारात ‘शेर्पा बर्खास्त नभएको तर राजीनामा नदिए बर्खास्त गर्ने’ खबर आएको हो।

अष्ट्रेलियामा पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गर्दै आएकी छन्।

राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।

प्रकाशित २४ पुस २०७५, मंगलबार | 2019-01-08 10:54:53
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?