गण्डकीका मुख्यमन्त्रीसँगै बसेर मनाङेले भने: म घरज्वाई हो र जेलमात्रै लैजाने?




मनाङे (सबैभन्दा बायाँ) र मुख्यमन्त्री गुरुङ (दायाँ)
मनाङे (सबैभन्दा बायाँ) र मुख्यमन्त्री गुरुङ (दायाँ)

प्रदेशभा सदस्यको रुपमा सपथ लिने अवसर नपाएपनि दीपक मनाङे भनिने राजिव गुरुङले गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ‘टेबुल सेयर’ गरेका छन्।

प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएकै दिन आज (सोमबार) प्रदेशसभा पुगेका मनाङले क्यान्टिनमा मूख्यमन्त्रीसँग टेबुल सेयर गरेका हुन्।

प्रदेशसभा भवनमा पुगेका मनाङेले सभामुख नेत्रनाथ अधिकारीसँग पनि कुराकानी गरेका थिए।

प्रदेशसभा बाहिर गफिँदै गरेका मूख्यमन्त्रीनेर पुगेका मनाङेले एकछिन छेउमै बसेर मुख्यमन्त्रीलाई कुरे।

प्रदेशसभाका सदस्य राजिव पहारीले मूख्यमन्त्रीलाई मनाङेको परिचय दिए। त्यसपछि दुबैले हात मिलाए।

हात मिलाएपछि चिया खान जाने कुरा भयो। उनीहरु क्यान्टिनमा पुगे। क्यान्टिनमा मूख्यमन्त्री र मनाङे आमनेसामने भए।

मनाङे तत्कालीन एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभामा विजयी बनेका हुन्। चुनाव जिते पनि उनले प्रदेशसभा सदस्यको सपथ भने गर्न पाएका छैनन्।

भेटघाटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मनाङेले आफूले पहिलो पटक मूख्यमन्त्रीलाई भेटेको बताए।

‘पहिला दुई पटक टेलिफोनमा कुरा भएको थियो’ उनले भने, ‘आज पहिलो पटक भेट भयो, मैले उहाँसँग मेरो सपथ हुनुपर्ने माग राखेँ।’

मनाङेका अनुसार सभामुखसँगको भेटको क्रममा आफ्नो सपथ कुनै पनि कानूनले नरोक्ने भएकोले सपथ गराउनु पर्ने माग गरेका थिए।

सभामुख नेत्रनाथ अधिकारी आफ्नो मागमा सकारात्मक रहेको उनले दावी गरे। आफ्नो सपथलाई कानूनले नरोक्ने र कानून नजानेको मान्छेले सपथ अड्काएको उनको आरोप थियो।

‘प्रदेशसभा सदस्यको सपथ नगराए राजीनामा दिन्छु’ भनेको छु तर राजीनामा नदेऊ, दुईचार दिनमा सपथ भईहाल्छ भन्छन्’ उनले भने, ‘सपथ नभए सर्वोच्च हैन, अन्तर्राष्ट्रिय अदालत जान्छु।’

आफूले पहिले दुई वर्ष र पछिल्लो समय ९ महिना जेल बसिसकेकोले अब जेल बस्नु नपर्ने जिकिर समेत मनाङेले गरे।

‘सर्वोच्चले हरायो भने ५ वर्ष जेल बस्ने हो, त्यसको आधा बसे पुग्छ, २ वर्ष पहिल्यै बसेको छु, पछि नौ महिना बसेको छु’, उनले भने, ‘घरज्वाइँ हो र मलाई जेल मात्र लैजाने?’

उनले २०७१ सालतिरको मुद्धालाई अहिले उचाल्नुको कुनै तुक नभएको पनि दावीपनि गरे। चुनावअघि यो कुरा उठाउनु पर्ने उनको जिकिर थियो।

तर, जितिसकेपछि सबै कुरा सकिएको र आफ्नो चुनाव बदर भए देशैभरको चुनाव बदर हुने पनि उनले तर्क गरे।

आफू व्यापारी भएको र रिस उठेको बेला दुई चार झापट लगाएको भन्दै आफूले गरेको अपराधको बचाऊ पनि उनले गरे।

‘कि चन्दा दिनप¥यो। म किन दिने त्यसै हप्ता र चन्दा? बरु एकदुई झापड हानिन्छ’, उनले हाकाहाकी भने, ‘कसैलाई १० झापड पनि हानेँ होला। त्यति त हो नि कुरा। अरु के मुद्धा छ मेरो?’

सर्वोच्च अदालत हनुमानढोका चौकीजस्तो नभएको र त्यहाँ गएर ‘सपथ किन भएन?’ भन्दै कारण देखाऊ आदेश माग्यो भने त्यस्तो सूचना नै नआएको जवाफ आउँदा आफू नै जोकर हुने तर्क पनि गरे।

उनले आफ्नो मुद्दाको कानूनी कुरा आफैले हेर्ने गरेको पनि सुनाए।

गण्डकी प्रदेशको हिउँदै अधिवेशनको पहिलो बैठकले प्रदेशसभा सदस्य टेकबहादुर घर्ती मगरको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

उनको गएको मंसिर २७ गते निधन भएको थियो । आजको सदनमा जनमोर्चाको कृष्ण थापा, नयाँ शक्तिका हरिशरण आचार्य, नेकपाका मायानाथ अधिकारी र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीले बोलेका थिए।

प्रकाशित २३ पुस २०७५, सोमबार | 2019-01-07 17:06:47
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।