वाइडबडी विमान प्रकरण: सरकार र अख्तियारलाई लेखा समितिको एक महिने अल्टिमेटम (भिडियो)


Kshamadevi Group


सार्वजनिक लेखा समितिको बैठक
सार्वजनिक लेखा समितिको बैठक

वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई कारवाहीका लागि सार्वजनिक लेखा समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक महिनाको समयावधि दिएको छ।

लेखा समितिको सोमबार विहान बसेको बैठकले वर्तमान पर्यटन सचिव कृष्ण देवकोटा र पूर्व सचिव शंकरप्रसाद अधिकारीका साथै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कार्वाहीको सिफारिस गरेको थियो।

‘हदैसम्मको कारवाही’ को सिफारिस गरेको लेखा समितिले उनीहरुमाथि गरिएको कार्वाहीका सम्बन्धमा प्रतिवेदन पेश गर्न एक महिनाको समयावधि सरकार र अख्तियारलाई दिएको हो।

‘आजै (२३ पुष) सरकार र अख्तियारलाई वाइडबडी विमान खरिद सम्बन्धमा तयार पारेको प्रतिवेदन पठाउने छौँ’ सार्वजनिक लेखा समितिका सचिव डा. रोजनाथ पौडेलले भने, ‘एक महिनापछि ती निकायबाट आउने प्रतिवेदनलाई आधार मानेर थप निर्णय गर्नेछौँ।’

१८ पुषमा उपसमितिले बुझाइएको प्रतिवेदनलाई समितिले भाषागत, प्राविधिक लगायतका विषय परिमार्जन गरी सोमबार पारित गरेको हो। समितिले पारित गरेको प्रतिवेदन अनुसार, दुईवटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको छ।

प्रतिवेदन पारित गर्दैै समितिले दुई सचिव शंकर अधिकारी र कृष्ण देवकोटा, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कानून बमोजिम हदैसम्मको कारवाहीको सफारिस गरेको छ भने पर्यटनमन्त्री रवीन्द्र अधिकारीका साथै पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवलाई नैतिक जिम्मेवारी लिन भनेको छ।

यसैगरी विमान खरिद सम्बन्धमा बनाइएका विभिन्न उपसमितिमा रहेका व्यक्तिहरु र सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुलाई आवश्यक छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ।

यसअघि उपसमितिले तयार पारेको प्रतिवेदनमा वर्तमान पर्यटनमन्त्री अधिकारीमाथि हदैसम्मको कारवाहीको सिफारिस गरेको थियो। तर समितिले त्यसमा परिवर्तन गरी तीनै जना मन्त्रीलाई नैतिक जिम्मेवारी लिनमात्र सिफारिस गरेको छ।

भिडियोः प्रविन कोइराला 

प्रकाशित २३ पुस २०७५, सोमबार | 2019-01-07 16:41:35
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।