लेखा समितिले मन्त्रीलाई जोगायो, कर्मचारीलाई हदैसम्मको कारबाही सिफारिस (प्रतिवेदन सहित)


Kshamadevi Group


सार्वजनिक लेखा समितिको बैठक
सार्वजनिक लेखा समितिको बैठक

सार्वजनिक लेखा समितिले तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

वाइडबडी विमान खरिद अनियमितामा सचिव देवकोटा र महाप्रबन्धक कंसाकारलाई मुख्य दोषी रहेको प्रतिवेदन दिँदै उनीहरुमाथि कारबाहीको सिफारिस गरेको हो।

लेखा समितिले गठन गरेको उपसमितिले शाही, देव र अधिकारीलाई नैतिक जिम्मेवारी लिन र कानून सम्मत कारबाही सिफारिस गरेको उल्लेख गर्दै समितिको प्रतिवेदनमा भनिएको छ, ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीवेक्षण र बेरुजु फस्र्याैट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ को विपरित हुने गरी अनियमित तरिकाले विमान खरिद कारवाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ट सतर्कता नअपनाएको देखिँदा निजहरुले नैतिक जिम्मेवारी लिन र मन्त्रीहरुको कार्यक्षेप तथा कार्यशर्तहरुको सम्बन्धमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने।’  

समितिले विमान खरिद गर्ने निर्णयताकाका पर्यटन सचिव प्रेमकुमार राईलाई पनि सफाइ दिएको छ। विमान खरिदका लागि उनको पालामा उपसमितिमात्र गठन भएको र उपसमितिले तयार गरेको बोलपत्रमा अनियमितता नभएको बताउँदै राईलाई सफाई दिएको हो। 

प्रतिवेदनमा भनिएको छ, ‘उक्त उपसमितिले तयार पारेको बोलपत्र तयार हुँदा निज उक्त पदमा बहाल नरहेको र बोलपत्रका शर्तहरुबाट भएका अनियमितताका संलग्न नभएको देखिएको अवस्थामा निजको हकमा दोषी मान्ने स्पष्ट आधार नखुलेको तर मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीले निगमको विनियमावलीको दफा २३६(२) अनुसार विमान खरिद प्रक्रिया अघि बढाई सोही अनुसार बोलपत्र स्वीकृत गरी निगमलाई ठूलो आर्थिक क्षति पु¥याई अनियमितता गरेको देखिएकाले निज शंकरप्रसाद अधिकारी र संचालक सदस्यहरुलाई अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धमा थप छानविन गरी कानून बमोजिम हदैसम्मको दण्ड सजायँ गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’  

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई पनि लाई पनि हदैसम्मको कार्वाही गर्न लेखा समितिले सिफारिस गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव, लेखा उत्तरदायी अधिकृत तथा तत्कालिन वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष रहेका कृष्णप्रसाद देवकोटाले महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन २०७४ ले विमान खरिद नियमसंगत नभएको भनी जनाएको अवस्थामा छानविन नगरी उल्टै विनियमावलीको दफा २३६ (२) अनुसार पुरानो विमान खरिद गर्ने प्रक्रियालाई निरन्तरता दिई अन्तिम किस्ताका रकमहरु समेत भुक्तानी गरेको देखिएकोले तत्काल निलम्बन गरी अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानविन गरी कानून बमोजिम हदैसम्मको दण्डसजायँ गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’ 

महाप्रबन्धक कंसाकारका सम्बन्धमा प्रतिवेदन भन्छ, ‘वायुसेवा निगमको सञ्चालक समितिका सदस्य सचिव तथा निगमको महाप्रबन्धक भई वाइडबडी विमान खरिद गर्न निगमको विनियमावलीको दफा २३६ (२) अनुसार बदनियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकोले निजलाई कानून बमोजिम निलम्बन गरी हदैसम्मको दण्डसजायँ गर्न कानूनी कार्वाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’ 

 

निगमबाट प्राप्त भएका विवरणका आधारमा विमान खरिदका लागि बनाइएका विभिन्न उपसमितिमा रहेका व्यक्तिहरु र सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुलाई आवस्यक छानविन गर्न सम्बन्धित नियकालाई निर्देशन दिने सिफारिस पनि लेखा समितिले गरेको छ। 

आजको बैठकमा चन्दा चौधरी, तेजुलाल चौधरी, प्रेम आले लगायतका सांसदहरुले मन्त्रीहरुलाई ‘नैतिक जिम्मेवारी लिने’ नाममा जोगाएर कर्मचारीलाई मात्र कार्वाहीको सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

प्रकाशित २३ पुस २०७५, सोमबार | 2019-01-07 12:26:59
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...