संसदमा प्रधानमन्त्री ओलीले गुनासोः नबोलौँ खै बोलेको भन्छन्, बोलौँ किन बोलेको भन्छन्



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो काममा सफल भएको दावी गरेका छन्।

आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले सरकारले गरेका कामको सूचक हेर्दा सरकार सफल भएको देखिएको बताए। 

सरकारको सफलता र असफलता हेर्ने यसका कामको सूचक भएको भन्दै तिनै सूचकका आधारमा निष्कर्ष निकाल्नु पर्ने बताए।

सरकारको एकमात्र उद्देश्य जनतालाई सुखी बनाउने रहेको भन्दै उनले सरकार त्यही दिशामा अगाडि बढिरहेको बताए।

विपक्षी दलहरुले आफूहरुमाथि अनावश्यक प्रश्न उठाउने गरेको उनको टिप्पणी थियो। उनले विपक्षीले उठाएका प्रश्नको जवाफ दिँदा बढी बोल्ने गरेको र जवाफ नदिँदा किन मौन भन्न प्रश्नको आफूले सामना गरिरेहको बताए।

‘सरकार के गर्दैछ भन्ने प्रश्न उठ्छ, जवाफ दिन्छु फेरि प्रधानमन्त्री किन बोलेको भन्ने प्रश्न उठ्छ’, उनले भने ‘नबोलौँ सरकार के गर्दैछ, प्रधानमन्त्री किन मौन भन्ने प्रश्न उठ्छ बोलौँ धेरै बोल्यो भनेर आलोचना हुन्छ।’

उनले आफूलाई कुनै तर्क र बहसमा रुची नभएको र आफू तर्क र बहसका लागि भन्द पनि मुलुकको विकासा लागि तयार भएको बताए। 

केहीदिन अघि नेकपाका नेता नारायणकाजी श्रेष्ठसँग पूर्व राजा ज्ञानेन्द्र शाहले पोखरामा यस्तै अभिव्यक्ति दिएका थिए।

याे पनि: नारायणकाजीलाई पूर्वराजाको व्यङ्ग: नबोलौँ, किन बोलेन भन्छन्; बोल्यो, गाली गर्छन्

प्रकाशित २२ पुस २०७५, आइतबार | 2019-01-06 13:42:49
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...