Exclusive

उपसमितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्नु बदनियतपूर्णः उपप्रधानमन्त्री पोखरेल



ईश्वर पोखरेल
ईश्वर पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन्।

प्रेस सङ्गठन नेपाल कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पाए।

उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे।

रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र कारबाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए। उनले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा शपथ ग्रहण गराइएको जानकारी गराउ।

उनले केन्द्र र प्रदेशमा पार्टी एकताको कार्य सम्पन्न भइसकेको र जिल्ला, जनवर्गीय सङ्गठन, प्रवासी सङ्गठनलगायतमा एकताका लागि कार्य भइरहेको जानकारी गराए। पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्तसम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताको कार्यले गति लिने उल्लेख गरे। रासस

प्रकाशित २१ पुस २०७५, शनिबार | 2019-01-05 12:53:06
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...