वाइडबडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छः सभापति देउवा


Kshamadevi Group


शेरबहादुर देउवा
शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाइड बडी विमान खरीद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारवाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे।

सभापति देउवाले उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको र यस विषयमा विस्तृत केही भन्न नसक्ने उल्लेख गर्दै निर्मला पन्त्तको बलात्कारपछि हत्याका आरोपीलाई पक्राउ गर्न नसक्नु गृह प्रशासनको कमजोरी भएको धारणा व्यक्त गरे।

प्रमाण मेटाएर नै अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँलै उनले निर्मलाको परिवारले न्याय नपाएसम्म काङ्ग्रेसले यो मुद्दालाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे।

एक प्रश्नको जवाफमा सभापति देउवाले काङ्ग्रेसको आगामी महाधिवेशन तोकिएको मितिमै हुने प्रष्ट पार्दै ‘अर्ली महाधिवेशन’ सम्बन्धी कुरा कतैबाट उठेको सम्बन्धमा जानकारी नभएको बताए।

कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उनले डर त्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्नेमा जोड दिए। रासस

 

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 20:25:12
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...