चेम्बर खोसिएपछि वरिष्ठ न्यायाधीश जोशी बिदामा



दीपकराज जोशी
दीपकराज जोशी

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी बिदामा बसेका छन्।

सर्वोच्चमा चेम्बरसमेत खोसिएका जोशी शुक्रबारबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन्। 

बुधबार प्रधानन्याधीशमा चोलेन्द्र शमशेर राणा आएपछि उनले जोशीलाई न्यायलयबाट अलग भइदिन आग्रह गरेका थिए। राणाले संसद्को सम्मानका लागि आफूले उनलाई इजलास दिन नसकेको भन्दै राजीनामा गर्न सुझाएका थिए ।

बिहीबार प्रधानन्यायाधीश राणाले न्यायपरिषद्को बैठक राखी जोशीको सबै अधिकार खोसेका थिए। उनले संवैधानिक इजलासमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीलाई नियुक्त गरेका छन्।

यस्तै, मेलमिलाप परिषद्को अध्यक्ष रहेका दीपकराज जोशीलाई हटाएर उनको स्थानमा राणाले ईश्वरप्रसाद खतिवडालाई नियुक्त गरेका छन्।

उमेरकाे हद अनुसार जोशी २०७६ असोज २३ गतेसम्म न्यायाधीश बन्न पाउने थिए। तर सबै जिम्मेवारीबाट हटाइएका जाेशीकाे सर्वाेच्च फर्कने सम्भावना भने कम रहेकाे सर्वाेच्च स्राेतले जनाएकाे छ। 

संसदीय सुनुवाईबाट प्रधानन्याधीशमा अयाेग्य सावित भएपछि जोशी यसअघि पनि १६ दिनसम्म बिदामा बसेर पछि सर्वोच्च फर्किएका थिए।

 

 

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 15:54:48
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...