रामचन्द्रको गृहजिल्लामा ज्ञानेन्द्र मुसुक्क हाँसे, किन केही बोलेनन्?



ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार दिउसो नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँको सदरमुकाम दमौली पुगेका छन्।

२ पुषदेखि कास्कीको पोखरालाई मुकाम बनाएका पूर्वराजा शाहले तनहुँ सदरमुकाम दमौलीको सडकमै सर्वसाधारणहरुसँग भेट गरे।

त्यसक्रममा उनले शुभेच्छुकहरुसँग फूल लिए, उनीहरुले पहि¥याइदिएको खादापनि ग्रहण गरे। सडकमा सर्वसाधारणसँग भेट्दा उनी प्रफुल्लित मुद्रामा देखिए।

दमौलीमा पुगेका पूर्वराजालाई स्थानीय पत्रकारहरुले समसामयिक राजनीतिका विषयमा प्रश्न सोधे। उनी केही बोलेनन्, मुस्कुराइमात्र रहे।

पोखरामा छँदापनि पूर्वराजाले खासै केही बोलेका छैनन्। २ पुषमा त्यहाँ पुग्दा उनले दिएको प्रतिक्रिया सिर्फ यत्ति थियो, ‘जनताले जहाँ जहाँ बोलाउँछन्, त्यहाँ म खुसीसाथ पुग्छु।’

नारायणहिटी छाडेयता पूर्वराजाले विभिन्न अवसरमा असन्तुष्टि पोख्दै आएका छन्। र, उनका अभिव्यक्तिको राजनीतिक दलका नेताहरुबाट विरोध हुँदै आएको छ।

आफ्नो अभिव्यक्तिको विरोधबाट उनी असन्तुष्ट र दिक्क रहेछन् भन्ने कुरा अघिल्लो हप्ता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पोखरामा भएको भेटको क्रममा खुलेको थियो।

पोखरा विमानस्थलमा भएको भेटमा श्रेष्ठले पूर्वराजा शाहलाई भनेका थिए, ‘तपाईंका चाखलाग्दा कुरा सुनिरहेको छु, तपाईंका अभिव्यक्ति सुनिरहेको हुन्छु, वक्तव्यपनि चाख दिएर पढिरहेको हुन्छु।’

श्रेष्ठले यस्तो भनेपछि पूर्वराजाले जवाफ दिएका थिए, ‘बोलेपनि, नबोलेपनि सुख छैन। नबोल्दा ‘यो किन चुप छ’ भन्दै शंका व्यक्त गर्छन्, बोल्यो, गाली गर्छन्, यहाँ यस्तै छ।’

गृहजिल्ला तनहुँ नै भएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलपनि पूर्वराजा र दरवारका आलोचकमध्येका एक हुन्। पूर्वराजा बेला बेला बोल्दा आलोचना गर्नेमा उनीपनि पर्छन्।

०५८ मा माओवादी द्वन्द्व उत्कर्षमा पुग्दै गर्दा होलेरी काण्डमा सेना र दरवारले सरकारलाई सहयोग नगरेको बताउँदै पौडेलले गृहमन्त्री पदबाट राजिनामा दिएका थिए।

तत्कालिन माओवादीका लागि निर्मल निवास (ज्ञानेन्द्र शाहको घर) तीर्थस्थल जस्तै भएको अभिव्यक्ति दिएपछि रुष्ट दरवारसँगको द्वन्द्वका कारण उनले राजिनामा दिनु परेको थियो।

सम्भवत, धेरै बोल्दा राजनीतिक दलहरुबाट आक्रोसको शिकार बन्नुपर्ने ठानेर होला, दमौली पुगेका उनी सार्वजनिक रुपमा केही बोलेनन्।

प्रकाशित १८ पुस २०७५, बुधबार | 2019-01-02 17:29:02
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।