त्यो सेटिङबाट उदाए सर्वोच्चमा यी चोलेन्द्र




संसदीय सुनुवाई समितिको मंगलबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा
संसदीय सुनुवाई समितिको मंगलबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा
रत्न श्रेष्ठ/रासस

‘न्यायालय र बाहिरका राणाका साथी–हितैषी अब झन् उनी नजिक हुनेछन्, जसमा कतिपय अदालतका बिचौलिया पनि छन्।’

सर्वोच्च अदालतभित्र पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा आएपछि दुईवटा समुह प्रष्ट देखिए। त्यो एउटा समुहमा न्यायाधीश चोलेन्द्र शमशेर राणा पनि मिसिए।

उनले आफ्नो तिनै सहपाठी गोपाल पराजुलीको साथ छोडेका थिए जसले २०४८ मा राणालाई पछि पार्दै न्यायाधीशको नियुक्ती लिए। राणा २०५२ मा पूनरावेदन अदालतको न्यायाधीश बने। त्यसबेला उनले पदसँग न्याय साटेको आरोप पनि लाग्यो।

तत्कालिन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहविरुद्ध मुद्दा दायर गरेको र पछि मुद्दा फिर्ता लिई सिंहकै कार्यकालमा पुनरावेदन अदालतको न्यायाधीश बनेको आरोप मंगलबारको संसदीय सुनवाईमा राणामाथि लाग्यो।

‘मैले पदको बार्गेनिङ गरेको छैन, म रिट निवेदक पनि होइन,’ समितीमा राणाले प्रष्टोक्ती दिए।

पूर्व राजपरिवारसँग सम्बन्ध भएको आधारमा पूर्व अधिराजकुमारी प्रेरणा सिंहलाई स्वयम्भू छाउनीको घरजग्गाको मुद्दामा जिताइदिएको अर्को आरोप उनीमाथि लागेको थियो। वीरगञ्जको छपकैया छठपोखरी ब्यक्तिका नाममा गरिदिनेदेखि जुवाडेहरूलाई उन्मुक्ति दिएको मुद्दामा राणा विवादित रहेको विषय सुनुवाई समितीमा उठ्यो।

‘मान्छेको विगत भनेको उसैको छायाँ हो, जुन सधैं सँगै रहन्छ’, नेकपाका नेता तथा समिती सदस्य सुरेन्द्र पाण्डेले भने, ‘समिती नजिकै संसदपनि छ, अब न्यायापालीकामा सुधार हुनुपर्छ।’

प्रधानन्यायाधीशमा राणाको अनुमोदनको निर्णय गर्नुअघि बैठक कक्षबाट बाहिर निस्किएका पाण्डेले अनुमोदनको संकेत दिएका थिए।

सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशका रुपमा चोलेन्द्र शमशेर राणाका ४ वर्षे कार्यकालमा उनको विगत उनीसँग चेम्बरमै रहनेछ। उनले पूर्व प्रधानन्यायाधीश र हालका केही न्यायाधीशले गरेका काम कारवाहीले धुमिलिएको सर्वोच्चको छवि पनि माथि उकास्नु पर्नेछ।

‘राणा क्षमता नभएका मान्छे होइनन्, आफुलाई सच्याएर अघि बढन समयले मौका दिएको छ,’ न्यायसेवाका एक वरिष्ठ अधिकारीले भने, ‘नाम राखेर जानेबेला हो, विवेक पुर्याए धेरै गर्न सक्नुहुन्छ।’

ती अधिकारी भन्छन्, ‘न्यायालय र बाहिरका राणाका साथी–हितैषी उनको झन् नजिक हुनेछन्, जसमा कतिपय अदालतका बिचौलिया पनि छन्।’

प्रधानन्यायाधीशमा प्रस्तावित भएका राणाले १४ पृष्ठ लामो आफ्नो योजना संसदीय समितीमा अघि सारे। जसले सर्वोच्चको पञ्च वर्षीय गुरुयोजनाको कार्यान्वयन स्वरुपको ब्याख्या गरेको थियो। सर्वोच्चका प्रशासनिक प्रमुखहरु सहित संसदीय समितीमा उपस्थित भएका राणाले धेरै विषय आफ्नो योजनामा समेटिएको भन्दै विवरण पेश गरेका थिए।

उनको योजना अनुसार सर्वोच्च अघि बढनेमा समितीका सदस्यहरूले भने शंका ब्यक्त गरेका थिए। 

000
अहिले न्यायालयमा देखिएको विवादको बिउ चार वर्षअघि रोपिएको हो। त्यसका एक सदस्य प्रधानन्यायाधीशमा मंगलबार सर्वसम्मत भएका राणा समेत हुन्। न्यायपरिषद्ले २०७१ बैशाखमा सर्वोच्च अदालतका लागि ८ न्यायाधीशको सिफारिस गरेको थियो। जसमा पराजुली, जोशी र राणा पनि थिए।

अन्तरिम सरकार प्रमुख भएर खिलराज रेग्मी गएपछि सर्वेच्चको बागडोर सम्हालेका दामोदरप्रसाद शर्माबाट यो सिफारिश भएको थियो। कानुनी व्यवस्थाअनुसार शर्मा न्यायपरिषदको अध्यक्ष थिए। परिषदमा सदस्यहरु थिए, उपेन्द्रकेशरी न्यौपाने र खेमनारायाण ढुंगाना।

परिषद्ले वैद्यनाथ उपाध्यायसहित गोपालप्रसाद पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेललाई सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो। सिफारिसमा परेका पराजुली, जोशी र राणालाई प्रधानन्यायाधीश हुने रोलक्रममा राखिएको थियो।

सर्वोच्चको अस्थायी न्यायाधीशको पदावधि सकिएर पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा फर्किएका वैद्यनाथलाई सर्वोच्चको स्थायी न्यायाधीश बनाउन सिफारिस गरिएको थियो। सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुअघि राणा र शर्मा पुनरावेदन अदालतका मुख्य न्यायाधीश थिए। यो सिफारिस त्यतिबेला गरियो जतिबेला करिब पाँच वर्षसम्म सर्वोच्चमा अस्थायी न्यायाधीशको रुपमा काम गरेर प्रकाश वस्तीसहितका न्यायाधीश बाहिरिए। वस्ती अस्थायी न्यायाधीशको रुपमा दुई–दुई वर्ष गरेर दुई पटकसम्म सिफारिस हुँदै सर्वोच्चमा रहे। तर उनलाई स्थायीको प्रक्रियामा लैजाँदा आफूहरुको पालो नआउने देखेपछि गोपाल पराजुलीसहितको समूह त्यसविरुद्ध सक्रिय भयो।

त्यतिबेला प्रकाश वस्तीलाई स्थायी गरिएको भए गोपाल, दीपकराज र चोलेन्द्र न्यायाधीशमा सिफारिस हुने थिएनन्। वस्ती २०७० अन्तमा बाहिरिएका थिए। सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र तत्कालीन कानुनमन्त्री नरहरि आचार्य समेत यो खेलमा संलग्न रहे। चलखेल समूहले बनाएको डिजाइनलाई तत्कालीन प्रधानन्यायाधीश र कानुनमन्त्रीले चाहेको भए रोक्न सक्थे। तर उनीहरु स्वार्थ समूहको मतियार बने।

परिणामस्वरुप न्याय क्षेत्रमा बद्नाम न्यायाधीशहरूको सामूहिक प्रवेश भयो। यसमा ठूलो आर्थिक चलखेल भएको आरोप त्यतिबेला सार्वजनिक रूपमै चर्चामा थियो। वस्तीलाई पाखा लगाएर यो समूहले सर्वोच्चमा एकछत्र राज चलाउन चाहेको थियो। जसलाई बिचौलिया समुहको भरपुर सहयोग थियो। जोशीको सुनवाईमा समेत उनीहरूको सक्रियताले यो पुष्टि गरेको छ।

‘प्रकाश वस्तीको म्याद थपिएको भए पछिल्लो समय न्यायालयमा भएका गतिविधि हुने थिएनन्’, त्यतिबेला वस्तीलाई रोक्ने समूह अझै सक्रिय छ’, सर्वोच्चका एक न्यायाधीशले नाम उल्लेख नगर्ने शर्तमा नेपालखबरसँग भने।

सर्वोच्चको स्थायी न्यायाधीश हुने बेलामा भएको संसदीय सुनुवाईमा पराजुली, जोशी र राणाको आचरण एवं फैसलागत त्रुटिका कुराहरु उठेका थिए। इजालसमै बसेर चलखेल गरेको आरोप लागेका थिए। अझ चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालतको संयुक्त इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलामा चलखेल गरेको भन्दै कारवाही सिफारिस समेत गरेको थियो। उनले विशेष अदालतमा न्यायाधीश रहँदा भ्रष्टाचारीलाई उन्मुक्ति दिएको भन्दै कारबाही गर्न सिफारिस भएको थियो।

त्यतिबेला सर्वोच्चमा प्रवेश पाएका ८ मध्ये गोपाल पराजुली शैक्षिक प्रमाणपत्र प्रकरणमा बर्खास्त हुँदै बाहिरिइसकेका छन्। जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको छ।

यो पनिः
सर्वाेच्चमा ‘स्टे अर्डर’ को मूल्य १० लाख!
सर्वसम्मतिबाट प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा अनुमोदित

प्रकाशित १७ पुस २०७५, मंगलबार | 2019-01-01 18:22:54
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।