अमेरिकासँग नेपालको भिषा नीति परिवर्तन



अमेरिकी भिषा
अमेरिकी भिषा

अमेरिकासँग पर्यटकीय भिषा पारस्परिक गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ।

प्रविधि, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजिनक गर्दै नयाँ व्यवस्थाअनुसार पर्यटक भिषामा नेपाल आउने अमेरिकी नागरिकले बहुप्रवेशी पाँच वर्षे भिषा प्रदान गरिने जानकारी दिए।

पाँच वर्षे भिषामा १८० दिन नेपाल बस्न पाइनेछ। बहुप्रवेशी भिषा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १६० अमेरिकी डलर बुझाउनु पर्नेछ। हालको व्यवस्थाअनुसार नेपालमा पर्यटकको रुपमा आउने अमेरिकी नागरिकले भिषा शुल्कबापत १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि १०० डलर भिषा शुल्क तिर्ने व्यवस्था छ। ९० दिनभन्दा बढी बस्न चाहेमा दिनको २ डलर रुपैयाँ थप बुझाउनुपर्ने नियम छ।

अमेरिकाले भने नेपालीलाई १ सय ६० डलरमा ५ वर्षको बहुप्रवेशी भिषा प्रदान गर्दै आएको छ। सरकारको नयाँ निर्णयअनुसार अब दुई देशबीच भिषा शुल्क बराबरी भएको छ।

नेपालकाे भिषा

नेपालकाे भिषा

मन्त्रिपरिषदले पारित गरेको व्यवस्था सन् २०१९ जनवरी १ देखि कार्यान्वयन हुनेछ। सरकारले नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क अमेरिकी डलर २०० हटाउने सम्बन्धमा आवाश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। यो शुल्क हटाउन अमेरिकी दूतावास सकारात्मक रहेको सञ्चारमन्त्री बाँस्कोटाले जनाए।

अमेरिकाले नेपालको भिषा शुल्क महँगो भएको भन्दै त्यसलाई पारिस्परिक गर्न माग गर्दै आएको थियो। २०७४ चैत १ मा गृहमन्त्री रामबहादुर थापासँगको भेटमा तत्कालीन अमेरिकी राजदूत अलाइना बी तेप्लिजले भिषा शुल्क समीक्षा गर्न आग्रह गरेकी थिइन्।

अमेरिकासँग विद्यार्थी, पत्रकार र कामदारका लागि यसअघि नै भिषा पारस्परिक नीति लागू भइसकेको छ। कार्तिकको दोस्रो साता अध्यागमन विभागले भिषासम्बन्धी व्यवस्था समीक्षा गर्दै गृह मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद पठाएको थियो। त्यही प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गरेको हो।

याे पनि: 

नेपालीका लागि अमेरिकी भिषा नीति परिवर्तन हुन लागेकाे हाे?

नेपालकाे भिषा शुल्क समीक्षा गर्न अमेरिकी राजदूतकाे अाग्रह

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 17:41:42
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...